आज खण्डग्रास सूर्यग्रहण, सूर्यग्रहणमा के के गर्न हुन्छ ?

0

काठमाण्डौं – आज नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । यो सूर्यग्रहण नेपालसहित भारत,चीन,थाइल्याण्डलगायत एशियाका सबै देश, दक्षिण पूर्वी युरोप, युएई, कंगो, इथोपिया र अफ्रिकाका केही स्थानबाट देख्न सकिनेछ ।

नेपालमा १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण अवरान्ह् दुई बजेर २३ मिनेटमा समाप्त हुनेछ । सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ । यो खण्डग्रास सुर्यग्रहण पश्चिम तर्फवाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ । उत्तरी अमेरिका, दक्षिण अमेरिका, अमेरिका महाद्धीप, अष्ट्रेलिया महाद्धीपको अधिकांश ठाउं, बेलायत, फ्रान्स, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्धिपमा भने यो ग्रहण देखिने छैन् ।

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइन्छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउंदा सूर्य छेकिन गइ चन्द्रमाको छायां पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।

ज्योतिस नारायणप्रसाद दुलाल ग्रहण एउटा प्राकृतिक घटना भएको भन्दै ग्रहण तथा सूतकबाट भयभित हुन नहुने बताउंछन् । । यस खण्डग्रास सूर्यग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक रहेको उनको भनाई छ ।

धर्मशास्त्रकाअनुसार मेष,सिंह,कन्या,मकर राशिलाई राम्रो रहेको छ भने वृष,मिथुन,कर्कट,तुला,धनु र मीन राशीको लागी यो अवघी राम्रो मानिएको छैन् ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुंदैन, यसका साथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ ।

Leave A Reply

Your email address will not be published.