सरकार बाध्य भएर लकडाउन खुकुलो बनाउने मनस्थितीमा, बोलायो मन्त्रिपरिषद्को बैठक

0

काठमाण्डौं – जेठ ३२ सम्म जारी लकडाउनको स्वरुप परिर्वतनबारे निणर्य गर्न आज मन्त्रिपरिषद्को बैठक वस्ने भएको छ । मंगलबार बस्ने तय भएको बैठक मन्त्रीहरू संसदमा व्यस्त रहनुपर्ने भन्दै आजलाई सारिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकले असार १ गतेबाट क्रमश लकडाउनको स्वरुप परिवर्तनबारे आज औपचारिक निर्णय गर्ने भएको छ ।

लकडाउन खोल्ने विषयमा उच्चस्तरिय समन्व्य समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल उक्त प्रस्ताव गर्ने भएका छन् । समितिले पाँच चरणमा लकडाउन खोल्ने योजनासहितको कार्यनीति तयार पारेको छ ।

उक्त योजना अनुसार असार १ बाट नै कृषिसँग जोडिएका क्षेत्र, पसल, उद्योग, हवाई यातायात आशिंक रुपमा चल्न दिइने भएको छ । विद्यालय, सार्वजनिक यातायात, मनोरञ्जनका क्षेत्र, खेलकुदका गतिविधि भने अबको एक महिनापछि मात्रै चल्ने कार्यनीतिमा उल्लेख छ ।

सर्वसाधरण र व्यवसायीले स्वस्फूर्त रुपमा लकडाउन तोड्न थालेपछि प्रहरीले बल प्रयोग गरेर बन्द गर्द थालेको छ । काठमाडौंलगायत देशका विभिन्न स्थानमा व्यापारी र प्रहरीबीच पसल खोल्ने विषयमा विवाद बढ्दै जाँदा व्यापारीले आफ्नो व्यवसायको साचाँ सरकारलाई बुझाउन बाध्यहुने बताउँदै आएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन खुकुलो बनाइदा स्थिति भयाभय हुन सक्ने विज्ञहरुले बताईरहदा चौतर्फी दवावका कारण सरकार बाध्य भएर लकडाउन खुकुलो बनाउने मनस्थितीमा देखिन्छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउन हालसम्म आठ पटक अवधी थप भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.