कोरोना अपडेटः संक्रमित ४ हजार ८५, निधन १५, संक्रमणमुक्त ५ सय ८४

0

काठमाण्डौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमति थपिएसँगै कोरोना संक्रमितको संख्या चार हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या ४ हजार ८५ पुगेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

नियमित प्रेस व्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवनको भरतपुर अस्पतालमा एक जना पुरुषको मृत्यु भएको जानकारी दिए ।

सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरक्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यस्तै अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ पीसीआर र १ लाख ६६ हजार १ सय ५८ आरडीटि परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५३ पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको सख्या ३ हजार ४ सय ८७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ ।

७७ जिल्लामध्ये हालसम्म ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

Leave A Reply

Your email address will not be published.