कोरोना अपडेटः संक्रमित ३४४८, निधन १३, संक्रमणमुक्त ४६७

0

काठमाण्डौं – नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय नाघेको छ। पछिल्लाे २४ घण्टामा २ सय १३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण हुनेहरु मध्ये २ सय ९ जना पुरुष र चार जना महिला रहेका छन्। यस्तै हालसम्म भएका कुल संक्रमित मध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन्।

नेपालमा अहिलेसम्म १३ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएकाे पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ। उनीहरुमध्ये एक सय जना पुरुष र दुई जना महिला रहेका छन्। यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ। जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २ सय ५ पीसीआर परीक्षण भएको छ। त्यस्तै १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ पीसीआर परीक्षण भएको छ भने ७ हजार ६ सय १४ आरडिटी परीक्षण भएको छ।

यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा र २ हजार ९ सय ६८ जना संक्रमितहरु अइसोलेसनमा रहेकाे मन्त्रालयले जानकारी दिएको छ।

देशभर ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ।

Leave A Reply

Your email address will not be published.