कोरोना अपडेट: संक्रमित ३७६२, मृत्यु १४, संक्रमणमुक्त ४८८

0

काठमाण्डौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने एकै दिन (सोमबार) ३१४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कोरोना भाइरसकै कारण नेपालमा १४ जनाले ज्‍यान गुमाइसकेका छन् भने ४ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरस हालसम्‍म ७१ जिल्लामा फैलिइसकेको छ भने सोमबार मात्रै एकजनाको मृत्‍यु भएको छ ।

यसका साथै स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ११, दाङका ४, बाँकेका १, बर्दियाका १८ र दैलेखका १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका २४, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, महोत्तरीका १२ र सर्लाहीका १०६ जना संक्रमित थपिएका हुन् ।

यसका साथै प्रदेश- १ मा हालसम्‍म २ सय ७९ जना कोरोना संक्रमित छन् भने ९१ जना निको भएर घर फर्किएका छन् ।

यस्तै प्रदेश-२मा १ हजार ३ सय ४२जना कोरोना संक्रमित छन् भने १ सय ८६ जना निको भएका छन्। एकजनाले ज्‍यान गुमाएको छ ।

त्यसैगरी बागमती प्रदेशमा ९२ जना कोरोना संक्रमित, ३३ जना संक्रमणमुक्त छन् भने तीनजनाले ज्‍यान गुमाएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ११३ जना कोरोना संक्रमित पुगेको छ भने एकजनाले कोरोना भाइरसकै कारण ज्‍यान गुमाएका छन् । ३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

यस्तै प्रदेश- ५मा कोरोना संक्रमतिको संख्या १ हजार १ सय ७६ पुगेको छ भने चारजनाको मृत्‍यु भएको छ । यस्तै १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै कर्णाली प्रदेशमा ६ सय ४९ जना कोरोना संक्रमित भएका छन् भने तीनजनाको मृत्‍यु भएको छ। साथै ९ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

त्यस्तै सुदूरपश्‍चिम प्रदेशमा १ सय ११ जना कोरोना संक्रमित भएका छन् भने दुईजनाले कोरोनाबाट ज्‍याको गुमाएको छ। साथै १३ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।

Leave A Reply

Your email address will not be published.