विदेशबाट नेपाली ल्याउने सरकारको निर्णय, २० वटा भारतीय नाका खुल्ला

0

काठमाण्डौं – सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा उच्च स्तरिय समितिको बैठकले भारतबाहे तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिले विभिन्न देशमा रहेका नेपाली नागरिकको विवरण परराष्ट्र मन्त्रालयले संकलन गर्ने भएको छ ।

त्यस्तै सरकारले भारतबाट भित्रिनका लागि २० वटा नाका खोल्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडाँरीले पशुपतिनगर(इलाम), काकडभिट्टा(झापा), रानी(मोरङ), कुनौली(सप्तरी), ठाडी(सिराहा), माडर(सिराहा), भिट्टामोड(महोत्तरी), मंगलवा (सर्लाही), गौर(रौतहट), वीरगञ्ज(पर्सा), महेशपुर(बारा), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर(बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी(कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुलाबाट नेपालीलाई भित्रिन दिने निर्णय भएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.