बिश्वभरी छरीएर रहेका नेपाल क्योकुशिन करातेका पुर्व खेलाडीहरुको संस्था युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टको प्रथम अधिवेसन सम्पन्न भएको छ । आनलाइन कन्फरेन्स मार्फ़त यहि मे १७, आइतवारका दिन सम्पन्न अधिवेसनबाट संस्थाको अध्यक्ष पदमा भीमसेन कार्की चुनीएका छन । बिगत दशक भन्दा बढ़ी देखी क्यानाड़ामा बस्दै आएका कार्की पुराना अन्तरास्ट्रिय खेलाडी हुन । आफ़्नो समयका रास्ट्रिय-अन्तरास्ट्रिय रूपमा किर्तिमानी कार्की क्योकोसिनका ५ डान हुन ।
अधिवेसनले उपाध्यक्षमा बेलायत निवासी पूर्व अन्तरास्ट्रीय खेलाडी सुरज कार्कीलाई उपाध्यक्षमा चुनेको छ । उनी वर्ल्ड च्याम्पियनमा तेस्रो मेडल ल्याउने किर्तिमान सहित ग़ोर्खा दक्षिण बाहु पदकबाट बिभुषित खेलाडी हुन । त्यस्तै गरेर अर्का उपाध्यक्ष सुरज श्रेस्ठ पनि ३ डान अन्तरास्ट्रिय फाइटर हुन । आस्ट्रेलियामा बसोबास गर्दै आएका श्रेस्ठले बिभिन्न किर्तिमन सहित अन्तरास्ट्रिय छवि बनाएका छन ।
कार्यसमितिको महासचिवमा अमेरिका निवासी मोहन बिस्ट , कोषाध्यक्षमा इन्द्रबहादुर मल्ल रहेका छन । त्यसै गरेर बोर्ड मेम्बरहरूमा बहराईनबाट धन बहादुर लामा, आस्ट्रेलियाबाट श्रीराम केसी ,बहराईनबाट ज्ञान बहादुर तमांग तथा बेल्जियमबाट सुदर्शन सिम्खडा निर्वाचित भएकाछन ।
यूएनकाका अनुसार क्योकुशिन करातेका नेपाली खेलाडी बिश्वका ७२ रास्ट्रमा छरीएका छन भने हाल अधिवेसन सम्पन्न बोर्डमा १९ जनाको समिति रहेको छ । नेपाली फुल कन्ट्याक्ट करातेको बिकास तथा खेलाडीहरुलाई उर्जा दिने उदेस्यले २०१९मा UNKA (United Nepalese Kyokushin Advancement ) को स्थापना भएको यसका संस्थापक उपाध्यक्ष सुरज कार्कीले बताए । कराँतेको माध्ययमबाट एकै भएका र हाल सँसारभरी छरीएर रहेका हामि क्योकुशिनका खेलाडीहरुको एक आपसको माया, सम्मान र मित्रतालाई कायम राख्दै, नेपालमा वा विदेशमा यस खेल सँग सम्बन्धीत खेलाडी तथा प्रशिक्षकहरुलाई सल्लाह, हौसला र सम्मान दिनु संस्थाको मुख्य उद्धेश्य रहेको संस्थाका सदस्य सुदर्शन सिंखडाले बताए ।
कार्कीको पहलमा गत साता कोरोना लकडाउन संग़ै भारतमा अप्ठेरोमा परेका क्योकोसिन खेलाडी लाई आर्थिक सहयोगको पहल भएको थियो । आफ़्नो पालामा रास्ट्रिय-अन्तरास्ट्रिय खेल खेल्न धेरै अभाव र असहयोग झेल्न परेको भएता पनि सम्भावना भएका खेलाडीलाई अवसरको खोजी र सहयोग गर्न बिश्वभरबाट संघको संजाल लागी पर्ने कार्कीले बताए ।

जेएनएन, लन्डन