जेठ ५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

0

काठमाण्डौं – सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

पछिल्लो पटक सरकारले घोषणा गरेको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ ।

यस्तै सरकारले भोलि (वैशाख २५) साँझ दीप प्रज्वलनका लागि आग्रह गर्ने निर्णय पनि गरेको अर्यालले बताइन् ।

Leave A Reply

Your email address will not be published.