काठमाण्डौं – कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ । यसले कोरोना परीक्षणमाथि गम्भीर प्रश्न उठाएको छ । डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो ।
डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरु दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ भने एक जना अस्पतालको निगरानीमा रहेको समेत मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार एकपटक कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिनु थप जोखिमपूर्ण हुन्छ । यसैगरी, कोरोना पोजेटिभ भएका व्यक्तिमा पनि ल्याब परीक्षणका क्रममा त्रुटि हुँदा पनि डिस्चार्ज भएका व्यक्तिमा पुन कोरोना देखिन सक्ने आँकलन गरिएको छ ।
डिस्चार्ज भएर घर गएको व्यक्तिमा अन्य व्यक्तिबाट पुनः संक्रमण सरेको हुन सक्ने संभावना भएका कारण पनि एक पटक कोरोना मुक्त भएका भनिएका व्यक्तिमा पुन कोरोना संक्रमण देखिन सक्छ । एक जनामा पुनः संक्रमण देखिएपछि काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना मुक्त भएर फर्केका दुई र थप एकसहित तीन जनालाई फेरि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
संक्रमणमुक्त भइसकेका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको आशंका भएपछि उनीहरुलाई आज बिहान पुनस् अस्पताल र्पुयाइएको हो । यी दुईसँगै बुहारीलाई पनि अस्पताल लगिएको हो ।