सांसदको अपहरण नगरेको भन्दै महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालले दिए आयोगमा उजुरी

0

काठमाण्डौं – सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफ्नो अपहरण भएको भन्दै आयोगमा उजुरी दिएका थिए । प्रहरी र सरकारी वकिल कार्यालयले आफ्ना सांसद डा. यादवलाई अपहरण गरेको आरोप लागेका सांसद र पूर्वआईजीविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि सांसद यादवले आयोगमा उजुरी दिएका हुन् ।

बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन् ।

‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’ सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ ।’

जिल्ला सरकारी वकिलको कार्यालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर गत बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।

Leave A Reply

Your email address will not be published.