नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यू, कर्णालीका सबै नाका एक हप्ता सिल गर्ने निर्णय

0

काठमाण्डौं – जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलवार बिहानदेखि बिहीवार मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

नेपालगञ्जमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएसँगै लकडाउनलाई पूर्णरुपमा प्रभावकारी बनाउन निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । निषेधित समयमा कसैलाई पनि घर बाहिर ननिस्कन उनले आग्रह गरेका छन् ।

नेपालगञ्जमा हालसम्म १६ जनामा भाइरसको संक्रमण देखिएको छ । आइतबारमात्रै त्यहाँ १५ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै कर्णाली प्रदेश सरकारले पनि सोमबार राति १२ बजेदेखि सबै नाका एक हप्तासम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।

प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.