कोरोना कहर , सम्भाबित कार्ययोजना

0
दिपक न्यौपाने

सदा झै बिहान ८ बजे उठेर नित्यकर्मपछि म मेरो छिमेकी अङ्कलहरु संग बिहान हिड्न निस्किए, आउदा करिब १० बज्योहोला अनि एकछिन मेरो साढे दुई बर्षको छोरा सँग खेल्दै थिए कति बजेछ थाहा नै भएन I एकछिनमा मेरो फोन बज्यो मोबाइल हेरेको मैले काम गर्ने साहुको फोन रहेछ हामी २ बिचको कुराकानी पछि भने मलाई घडी हेर्न नै परेन कति चाडै १२ बज्ने रहेछ I

कोरोना कोभिड १९ ले लकडाउन गरिएको करिब ५१ औं दिनमा आएको उसको फोनको आसय थियो अबको उसको व्यापार सामान्य समयमा भन्दा 40प्रतिशतमात्र भए पनि आफु सन्तुस्ट हुने र हामी पुरानो कर्मचारी बाहेक नयाँ कटौती गरेर भए पनि व्यवासय चलाउने आस्वासन सहित यदि फेरि राज्यले दोश्रो लक डाउन गरेमा आफ्नो समस्या बुझिदिने छौ भन्दै घुमाउरो पारामा मेरो पनि जागिर गुम्ने सम्भावना सहितको टेलीफोन सम्बाद सकियो सुरक्षित र संयमित बस्ने औपचारिकता सहित I आधारभूत आवश्यकता सहित सामाजिक सुरक्षाको जिम्मा समेत राज्य ले लिएको प्रबाशको जीवनमा समेत असुरक्षाको बादल मडारिएको महसुसु भयो ,

म सोच्न पुगे कि त्यसरी रोजगारी कटौती हुदा मेरो सामन्य जीवनमा के फरक होला ? आखिर यहाँको नियमानुसार अहिले कोरोनाको कारणले बेरोजगार हुन पुगेका बेरोजगारलाई पनि राज्यले करिब ७० प्रतिशत तलब कर नलाग्ने गरि व्यवस्था गरेको छ I अन्य समय पनि व्यवासयमा मन्दी आएर रोजगार दाताले निकालेको वा कम्पनि बन्द र बिरामी भई काममा जान नसकेको अवस्थामा बेरोजगार भत्ताको व्यवस्था गरिएको हुन्छ भने स्वास्थ्य र शिक्षाको दायित्व समेत राज्यले लिन्छ I यसरी सामाजिक सुरक्षा भएको मुलुकमा बस्दै गर्दापनि मलाई कता कता खल्लो महसुस भयो I

आखिर हामी आफ्नै देशमा स्वरोजगार वा रोजगारको अवसर भएको भए पक्कैपनि यसरी सानो कुरामा पनि चिन्तित हुनुपर्ने पक्कै थिएन र फेरि सोचे के हामी कहाँ समस्या रोजगारी हो या श्रमको सम्मान हो ? भन्ने कुरामा चिन्तन गर्दै गर्दा हामीकहाँ समस्या भनेको कामको सम्मान गर्न नजान्नु नै हो भन्ने लाग्यो , हामी विदेशमा जुन काम गर्छौँ त्यै काम नेपालमा गर्न त के सोच्न पनि सक्दैनौ I

यहाँ जसरीव्यवसायका मालिकहरु पनि कामदार जसरी हरेक काम ठुलो सानो नमानी गर्छन त्यो परिपाटीको अभियान हामीले नेपालमा पनि पुराउन सक्यौं भने त्यसले श्रमको सम्मान हुने थियोI अहिलेको युवा पुस्ताको १२ क्लास पछिको सपना यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा जस्ता सम्पन्न मुलुकमा अध्यन एबं रोजगारमा प्रतक्ष्य असर परेको छ भने खाडी लगायत भारतमा बस्ने पनि धेरै दाजुभाईहरु लकडाउन पछि सदाको लागि नेपाल फर्कने छन I एउटा तितो यथार्थ के रहेछ भने विदेश बस्दा नेपालको अति माया लाग्दो रहेछ, अनि नेपालमा यो दुख गरे त सुन फल्छ भन्ने सोच आउछ, जब नेपाल पुग्दछौ अनि फेरि विदेशको भौतिक सुख सुबिधामा बानी परेका हुने रहेछौं I अब हामीलाई यहाको जस्तै सिस्टम हाम्रो देशमा अहिलेनै त कहाँ बाट पाउनु अब बिस्तारै देशले बिकाशको फड्को मार्दै छ I

हाम्रो जस्तो देश जसको राष्ट्रिय आम्दानीमा सेवामुलक व्यवसाय र रेमिटान्सको ठुलो हिस्सा छ I अहिलेको अवस्थामा पनि ठुला होटेलहरु आफ्ना कर्मचारीलाई १२.५ प्रतिशत तलबमात्र दिदै दशैं सम्म नखुल्ने निर्णयले प्रस्ट हुन्छ सेवा उद्योगको भबिश्य I बाहय पर्यटकको आगमन त अब नगन्यनै हुन्छ, १/२ बर्ष भने विदेशबाट आउने रेमिटान्सको गिरावटको आँकलन त हामी कल्पना सम्म पनि गर्न सक्दैनौ, किनकि देशमा अवसर पाएको भए देशनै चलाउन सक्ने युवा समेत केफसी र म्याक डोनाल्सको जागिर जान्छ कि भन्ने चिन्ता उनीहरु लाई ठुलो हुन लागिसक्यो I यो समस्या आज भन्दा भोलि झनझन बढ्दै नजाला भन्न सकिदैन I पक्कै पनि देशमा हुने आर्थिक गतिबिधि पनि सुस्ताउदै जादा नेपालमा पनि बेरोजगार बढ्ने र विदेशबाटपनि धेरै मान्छेहरु फर्किदा देशमा एकपटक रोजगारको चरम संकट उत्पन्न हुन सक्छ I


के यो संकटको व्यस्थापन हामी गर्न सक्दैनौ त ?
= प्रयास गरे के हुदैन र अवश्य पनि सक्छौं I जसको लागि एउटा सानो उदाहरण
सबै भन्दा पहिला स्थानीय निकायबाट वास्तविक गरिबीको रेखा मुनिका जनताको लगत तत्काल निकालौ (जसको लागि अहिले आईटि क्षेत्रमा अध्ययन गरेका बिधार्थीहरु जुन आफ्नो नियमित पठनपाठन गर्न पाएको छैनन् उनीहरुलाई प्रयोगात्मक परीक्षाको मुल्यांकन हुने गरि प्रयोग गरौ )

=हरेक बिधार्थीले १६ बर्ष देखि स्थाई लेखा नम्बर लिई कम्तिमा पनि हप्ताको १० देखि २० घण्टा सम्म आवश्यकता अनुसार काम गर्ने अनिबार्य नियम बनाउने र उनीहरुको कमाईमा बिधार्थी जीवनकाल (हाल स्वतन्त्र बिधार्थीको उमेद्वारको उमेर हद अनुसार ) भरि कुनै कर नलगाउने

=श्रमजीवि वर्गलाई गास बास कपास र बच्चा हरुको स्कुलको शुल्क समेत सरकारले तिर्ने गरी करारमा राख्ने,

=त्यस ठाउको स्थानिय रोजगार दाता र बिदेसबाट यो महामारीबाट प्रभाबित आएका व्यक्तिहरुले आफुले जानेको प्रबिधिमा आधारित उद्योग या व्यवासयको पहिचान गरि त्यसको स्थापना एबं संचालनमा प्रोत्साहन दिदै उपयुक्त जमिनको व्यस्थापन सहित आवश्यक रकममा समेत केहि प्रतिशत स्थानीय निकायको जमानीमा लगानी एबं सहुलियत कर्जाको व्यवस्था गर्ने जुन हाल कृषि क्षेत्रमा अनिबार्य दिनु पर्ने व्यवस्था छ र बैंक हरुले ब्यकिगत कर्जालाई प्रार्थमिक कर्जाको रुपमा लगानी गरेको समेत सुनिन्छ I यसरी हामीले उत्पादनको लागि आवश्यक जमिन पुँजी श्रम प्रबिधि को खाका बनाउन लागि परौं जुन सामन्य नै छ, र स्थानीय निकाय इमान्दार भएर लाग्ने हो भने सम्भब पनि छ I केवल इच्छा शक्ति हुनु पर्यो I

स्थानीय माटोमा सुहाउदो कृषि उत्पादनमा जोड दिने

=साना मझौला उद्योग खोल्ने र वास्तविक गरिबीको रेखा मुनिको जनतालाई उसको क्षमता अनुसारको रोजगार दिने उद्योग व्यवसायको लागि निश्चित अबधिलाई कर छुटको व्यवस्था गर्ने रोजगारीको अवसर सिर्जना गरेको आधारमा तर सम्पूर्ण कारोबार बैंक तथा बित्तिय क्षेत्रबाट हुनुपर्ने गरि I

=अदक्ष श्रमिकलाई हरेक काम सानो ठुलो नभनी श्रमको सम्मानको अभियान चलाई स्थानीय निकायको सरसफाईमा लगाउने ताकी उसलाई म गरिब हुनाले राज्यबाट सानो काम गर्न बाध्य पारियो भन्ने नहोस र यस अभियानमा गैर आवासीय नेपालीहरुका अनुभबहरुलाई पनि आदान प्रदान गर्ने ताकी विदेशमा गरिने काम र कामको सम्मान हुन टेवा पुगोस I

=ति उद्योगबाट उत्पादित सेवा तथा सुबिधाको स्थानीय स्तरमा प्रयोग गर्ने बिशेष अभियान चलाउने र निर्यात गर्ने लाई बिशेष प्रोत्साहन गर्ने, जसले गर्दा साना तथा मझौला उद्योग पनि खुल्छ, गरिब जनताले रोजगार पाउछ, निश्चित अवधि पछि कामदारले आयकर तिर्छ ब्यापारीले कर तिर्छ, बैंक तथा बित्तिय क्षेत्रले लगानीको क्षेत्र पाउछ गरिबले राहत पाउछ I

हाम्रो जीवन स्तरमा परिबर्तन आउछ , साचो अर्थमा इमान्दार भएर गरे हामी अबको १० बर्षमा गास बास कपासको लागि राहत माग्न पर्ने हुदैनौ I आउनुहोस कोरोनाको बिपतमा सुरक्षित र संयमित बन्दै केहि गर्नकोलागि हातेमालो गर्दै यस बिपतलाई अवसरमा बदलौं , सम्बृद्ध नेपालको यात्राका सहयात्री बनौं I धन्यवाद ,

लेखक गैह्र आबासीय नेपाली संघ बेल्जियमका सचिब हुन ।

Leave A Reply

Your email address will not be published.