बेल्जियमका नेपाली समुदायका स्वास्थ्यकर्मीहरुलाई सम्मान

0

बेल्जियमका बिभिन्न स्वास्थ्यसंस्थाहरुमा काम गर्ने नेपाली समुदायका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ् । नेपाल पत्रकार महासंघ बेल्जियमले विश्व प्रेस स्वतन्त्रता दिबसको अबसरमा आयोजना गरेको भर्चुअल सम्मान एबम अनुभब आदान प्रदान कार्यक्रममा यहाँका बिभिन्न शहरका अस्पताल् र केयर होमहरुमा कोरोना माहामारीको बेलामा अग्रपन्क्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहनु भएका डाक्टर , नर्स , ल्याब असिस्ट्यान्ट र रेडियोलोजिस्टहरुको सह्भागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबास बेल्जियमका महामहिम राजदुत लोक बहादुर थापाले कोरोना संकटको बेला नेपाली समुदायका स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रशंशा गर्दै आफु सुरक्षित रहेर मानबीय सेवामा सपर्पित भैरहन सुझाब दिनु भयो । नेपाली समुदायका स्वास्थ्यकार्मीहरुको कर्तब्यपालन र इमान्दारिताले जनस्तरमा बेल्जियम र नेपालको सम्बन्धलाई मजबुत बनाउने विश्वाश ब्यक्त गर्दै कोरोना सँग लड्न सामुहिक प्रयास गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले बेल्जियमको नेपाली समुदायले भोग्नु परेको कठिनाईमा एनआरएनए सँगै रहेको र संकटकालिन अवस्थामा पनि नेपाली समुदायका स्वास्थ्यकर्मीहरुले गरेको सेवाको उच्च मुल्याङ्कन गरेको र तपाईंहरुको कामलाई सम्मान गरेको छ भन्नु भयो । साथै सचेत सुरक्षित भएर काममा लागि रहन पनि उहाले सुझाब दिनु भयो ।

कार्यक्रममा डा राजु श्रीवास्तव, नर्सहरु प्रतिष्ठा ओझा, संगिता दाहाल शर्मा , प्रतिमा अंमाई, क्रिष्णा गुरुङ, मन्जु कर्माचार्य, रेडियोलोजिस्ट आदित्यमान श्रेष्ठ र ल्याबटेक्निसियन अन्जना सुबेदीले कोरोना महामारीको बेला काम गर्दाका भोगाई र कठिनाई साझा गर्नु भएको थियो । साथै देश बिदेशमा रहेका नेपालीहरु दाजुभाई दीदीबहिनीहरुलाई सुरक्षित रहन र मनोबल उच्च राखेर यो अबस्थालाई जित्न सकिने हुँदा सबै सकारात्मक् भैदिन पनि उहाहरुले सुझाब दिनु भयो ।

पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सन्चालन गर्नु भएको कार्यक्रमलाई महासंघका सचिब शेर बहादुर छन्त्यालले सहजिकरण गर्नु भएको थियो भने युरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्ली अंमाइले छोटो समिक्षा गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.