सुरेन्द्र यादव अन्ततः मानअधिकार आयोगको शरणमा

0

काठमाण्डौं – आफू पूर्वआइजीपी सर्वेन्द्र खनाललगायतका व्यक्तिहरुबाट अपहरणमा परेको भन्दै सरकार गुहारी हिँडेका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव प्रहरी र सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेपछि अन्ततः मानवअधिकार आयोगको शरण परेका छन् ।

आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनीहरुविरुद्ध किटानी जाहेरी दिन केही दिनयता कोशिस गरिरहेका यादवले बिहीबार १८ वैशाख) मानवअधिकार आयोगमा उजुरी दिएका हुन्।

महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालयले अस्वीकार गरे पनि आयोगले उनको निवेदन दर्ता गरिदिएको छ । शक्ति र सत्ताका आडमा उल्लिखित तीन व्यक्तिले आफ्नो ज्यान लिनसक्ने खतरा भएको यादवले आफ्नो निवेदनमा उल्लेख गरेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि सांसद यादवले माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.