कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना संक्रमित भएको अपुष्ट तथ्यांक सार्वजनिक

0

काठमाण्डौं – कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको अपुष्ट तथ्यांक बाहिर आएको छ । कतारको सरुवा रोग निवारण विभागका अनुसार कुल संक्रमित संख्याको २० प्रतिशत बिरामी नेपाली रहेको बताइएको छ ।

मार्च २८ तारिख मंगलबार विभागले निकालेको तथ्याङ्कमा कुल संक्रमितको २० प्रतिशत नेपाली रहेको बताइएको छ । मंगलबारसम्म कतारमा ११ हजार ९ सय २१ जनामा कोरोनाको संक्रमण देखिएको थियो । तीमध्ये १ हजार १ सय ३४ जना उपचारपछि निको भएका थिए, भने १० जनाको निधन भएको थियो ।

विभागले निकालेको तथ्याङ्क अनुसार मंगलबार सम्म २ हजार ३ सय ८४ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखिन्छ । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन । संक्रमितमध्ये सबैभन्दा धेरै ३२ प्रतिशत भारतीय नागरिक रहेका छन् भने दोस्रोमा २० प्रतिशत नेपाली, तेस्रोमा बंगलादेशका १८ प्रतिशत रहेका छन् । त्यस्तै कतारी ६ प्रतिशत, पाकिस्तानका ६ प्रतिशत, फिलिपिन्सका ४ प्रतिशत, इजिप्टका ३ प्रतिशत, श्रीलंकाका २ प्रतिशत, सुडान, केन्या, जोर्डन, युगाण्डा, सोमलिया पेलास्टानीका एकएक प्रतिशत छन् भने अन्य देशका ३ जना रहेका छन् ।

Leave A Reply

Your email address will not be published.