कोरोना प्रभाव: ओजोन तहमा बनेको प्वाल साँघुरिँदै

0

काठमाण्डौं – उत्तरी ध्रुबको माथि रहेको ओजोन तहमा बनेको प्वाल बन्द हुँदै गएको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकहरुले गएको मार्चमा पहिलोपटक ओजोन तहमा बनेको सो प्वालबारे थाहा पाएका थिए ।

सो प्वाल मानवीय कारणले नभइ उत्तरी ध्रबमा बनेको शक्तिशाली वायु भूमरीका कारण बनेको कोपेर्निकर एट्मोस्फियरिक मोनिटरिङ्ग सर्भिस (सिएएमएस) जनाएको छ ।

ओजोन तहमा बनेको सो प्वाल बन्द हुनुमा कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा प्रदूषण कम हुनु भने नरहेको बताइएको छ।

सिएएमएसले ट्वीट गरेर भनेको छ, ‘कोभिड–१९ र त्यस कारण भएको लकडाउनको सम्बन्ध यसमा शायदै नहोला । उत्तरी ध्रुबमा लामो समय रहेको शक्तिशाली वायुभूमरी (भर्टेक्स) का कारण प्वाल बनेको हो । वायूको गुणस्तरसँग यसको कुनै सम्बन्ध छैन ।’

अझै पनि सो प्वालको ठूलो हिस्सा बाँकी नै छ । तर पहिलोपटक देखिएको भन्दा कम हुँदै गएको वैज्ञानिकले बताए । कम प्रेसर तथा चिसो वायु भएको पृथ्वीका दुवै क्षेत्रमा ध्रुबीय भूमरी बन्छन् ।

यस्तो भूमरी जहिले पनि कायम रहन्छ, तर जाडो याममा यो सक्रिय बन्ने वैज्ञानिकले बताए । दक्षिणको तुलनामा उत्तरी ध्रुबमा भूमरी प्रायः कमजोर हुने गरेको छ । ओजेन तह पृथ्वीको सतहबाट ९ देखि २२ माइलको उचाईमा रहन्छ । उत्तरी ध्रुबमा ओजोन तह नजिक छ ।

दक्षिणी ध्रुबको ओजोन तहमा बन्ने प्वालहरुको कारक क्लोरिन तथा ब्रोमिनसहितका रसायन हुने गरेका छन् । तर उत्तरी ध्रुबमा बनेको प्वालको कारक भने भूमरी रहेको र आकार पनि सानो रहेको वैज्ञानिकले बताएका छन् । अहिले सो प्वाल पनि पहिले देखिएको भन्दा सानो हुँदै जानु खुशीको खबर रहेको वैज्ञानिकले बताए ।

Leave A Reply

Your email address will not be published.