मास्क र पन्जाले मात्र कोरोना भाईरस रोक्न सकिन्छ ?

0
मदन दवादी


मे ४ बाट लागु हुने गरि बेल्जियम सरकारले सार्बजनिक यायातमा, सार्बजनिक भबनहरुमा प्रबेस गर्दा, भिढभाढ हुने सार्बजनिक स्थानमा र सार्बजनिक यातायात प्रयोग गर्न प्रबेस गरिने भबनहरुमा १२ बर्ष माथिका हरेक नागरिकले मास्क, मास्क नभए सल वा गलबन्दी वा नाक छोप्ने गरि अन्य कपडा अनिबार्य प्रयोग गर्नु पर्ने भनेको छ।


तदनुसार हरेक १२ बर्ष माथिका नागरिकले पुन प्रयोग योग्य कम्तिमा एक मास्क सरकारबाट नि-शुल्क प्राप्त गर्नेछन भनिएको छ। यद्दपी बेल्जियम सरकार सँग प्रयाप्त मास्क भए नभएको र कसरी बितरण गर्ने बारेमा स्पष्ट जानकारी आएको छैन। तथापि बेल्जियमका केहि नगरपालिकाहरुले पोस्टको मार्फतबाट हरेकको घरमा मास्क पुर्याउने घोषणा गरिसकेका छन यस हिसाबले नगरपालिकाहरुको अग्रसरतामा घर-घरमा पोस्ट मार्फत पठाइने छ त्यस्तै फार्मेसीबाट पनि प्राप्त गर्न सकिने प्राबधान आउन सक्नेछ ।


अब कुरा आँउछ मास्कको प्रयोजन कस्तो अवस्थामा प्रभाबकारी हुन्छ त ?


भिढभाड र सामाजिक दुरी कायम गर्न नसकिने स्थानहरुमा कोहि संक्रमित मानिसले खुला रुपमा नै खोकिदिने वा हाँछ्यु गरिदिने संभाबना हुने हुदाँ हाँछ्यु वा खोकिबाट भाइरस सहितको छिटाहरु निस्कदाँ अर्को स्वस्थ व्यक्तिले प्रत्यक्ष स्वास लिदाँ भाइरस प्रबेस गर्न सक्ने र संक्रमित हुने भएकाले भिढभाढ र सामाजिक दुरी कायम गर्न नसकिने ठाँउमा मास्क लगाउनको लागि सिफारिस गरिएको हो।
एउटा ब्यक्तिले हाँछ्यु गर्दा वा खोक्दा १.५ मि टाढा सम्म थुकको छिटा जान सक्ने भएकाले त्यो दुरी कायम गर्न नसके मास्क लगाउन पर्ने भनिएको छ। यद्दपि यो कुरा पनि बिबादस्पदनै छ । कयौँ बिज्ञहरुले १.५ मिटर नभै ४ मटिर भन्दा बढि अर्थात १३ फिट सम्म जान सक्छ भनिएको छ र ४ मिटर बढिको सामाजिक दुरी कायम गर्न भनिएको छ।

यसैले हुन सक्छ बेल्जियमले स्कुलमा पठनपाठन गराउदा प्रति छात्र-छात्रा मिटरको दुरि कायम गर्नु पर्ने भनिएको छ।
यसप्रकार कयौँ मानिसहरु घर भित्र बस्दा पनि मास्क लगाएको त्यस्तै एकान्त ठाँउमा हिँड्दा वा सबारीसाधन भित्र एक्लै रहदाँ पनि मास्क लगाएर हिँढेको देखिन्छ जुन पुर्णत औचित्य हिन हो। सामाजिक दुरी कायम गर्न नसक्ने अवस्थामा मात्र मास्कको प्रभाबकारिता रहन्छ।


मास्कले कोभिढ-१९ सर्नबाट पुर्ण बचाँउछ त? सामाजिक दुरी वा मास्क कुन प्रभाबकारी?


एकजना मान्छेले एकचोटि खोक्दा वा हाँछ्यु गर्दा करिब ३हजार ड्रपल( छिटा) निस्कन्छ र हरेक ड्रपलमा करिब १० हजार भाइरस रहन सक्छ।त्यो ड्रपल चाँहि मानिसले लिने श्वास भन्दा ३० गुना सम्म सानो हुन सक्छ यानेकि श्वास लिनको लागि आबश्यक प्वाल भन्दा यो ३० गुना सानो हुन्छ। यसको अर्थ मास्क लगाँउदा पनि भाइरस सर्ने संभाबना रहिनै रहन्छ त्यसैले सामाजिक दुरि सबैभन्दा उत्तम उपाए हो।

नेपालमा अहिलेकोबिकशित राजनैतिक घट्ना क्रममा मास्क लगाइएको तर सामाजिक दुरी कायम नगरिएको भिढियोहरु प्रकाशनहरु भइरहादाँ उच्च राजनैतिक नेतृत्वहरु पनि यस प्रति सुसुचित नभएको प्रष्ट हुन्छ।
मास्कहरु पनि बिभिन्न प्रकारका हुन्छन, गुणबत्ताको आधारमा यसको प्रभाबकारिता भर पर्छ। N95 बढि प्रभाबकारी हुन्छ भने त्यसपछि सर्जिकल अनि सामान्य फाइबर मास्क। स्मरण रहोस यो एकचोटी मात्र प्रयोग गेरेर फ्याक्नि पर्ने मास्क पटक पटक प्रयोग गर्दा हानिकारक हुन सक्छ। किनकि हाम्रो मुखबाट स्वासप्रश्वासमा लाखौँ अन्य भाइरसहरु पनि निस्किएको हुन सक्छ जस्ले अन्य संक्रमण गराउन सक्छ।

त्यस्तै मास्कलाइ उचित पर्योग नगरेर हातले यसमा छोएमा छालामा १० मिनेटमै नष्ट हुने भाइरस यो मास्कमा घण्टौँ सम्म रहन सक्छ जसले गर्दा यसको प्रयोगले झनबढि जोखिम पनि हुन सक्छ। त्यसैले राम्रो सँग हात धोए पछि तुनामा समातेर यसलाइ निकाल्ने, हातले यसलाइ नछुने कुरामा सचेत रहनु पर्ने हुन्छ।

त्यस्तैगरि पन्जाको बिषयमा पनि धेरै मानिसहरु यसको प्रयोजनको अर्थ र उपयोगिताहरुको बारेमा सु-सुचित नभएको हो कि भन्ने कुरा घरमा बस्दा वा कार्यस्थल जहाँ हात धुन सुबिधा हुँदाहुँदै पनि पन्जा लगाउने गरेकाले आँकलन गर्न सकिन्छ।


सामाजिक दुरी कायम गर्दा गर्दै पनि कोही संक्रमितले खोक्दा वा हाँछ्यु गर्दा हातमा गरेको हुन सक्ने र उक्त हातले अन्य सतहमा छुदा उक्त सतहमा भाइरस रहिरहन्छ, त्यस्तै खुला खोक्दा वा हाँछ्यु गर्दा १.५ भन्दा टाढा गएर सतहमा भाइरसयुक्त ड्रपल रहन सक्छ र त्यो सतहमा स्वस्थ मान्छेले छुदाँ स्वस्थ मान्छेको हातमा भाइरस जान्छ र उक्त हातले मुख, नाक वा आँखामा छुदाँ भाइरसहरु शरीरमा प्रबेश गर्छन। यसैले हरेक १० मिनेटमा हात धुनलाइ सुझाइएको हो।

यो भाइरस बोसोयुक्त झिल्लिले घेरिएको प्रोटिनजन्य तत्व भएकाले करिब २० सेकेण्ड साबुन पानिले हात धुँदा यो नष्ट हुन्छ त्यस्तै ६५% अल्कोहलयुक्त सेनिटाइजर लगाँउदा यो २० सेकेण्डमानै नष्ट हुन्छ।भोड्कामा ४२% अल्कोहल हुने भएकाले भोड्का लगाएत कुनैपनि पिउने अल्कोहलले यो
नष्ट हुदैन। हातको छालामा भाइरसहरु १० मिनेट मात्रै सक्रिय हुन्छन। मान्छेको तापक्रम ३७ डिग्रि हुने भएकाले हातमा १० मिनेटपछि भाइरसहरु निष्कृय हुन्छन।
यसर्थ हात धुने सुबिधा उपलब्ध नहुदाँ मात्र पन्जा लगाउने र लगाएको पन्जा तत्काल फ्याँक्न भनिएको हो।


सुपर मार्केट वा अन्य किनमेलमा जाँदा पन्जा लगाउने र पन्जा लगाएको हातले मुख वा नाक वा आँखामा नछोइकन फाल्नु पर्ने हुन्छँ अन्यथा जहाँपनि पन्जा प्रयोग गरिरहदाँ पन्जाले भाइरस रहेको सतहमा छुने र उक्त हातले नाक वा मुख वा आँखामा छुदाँ भाइरस सर्ने संभाबना हुन्छ। १० मिनेटमा हातको छालामा नष्ट हुने भाइरससाइ पन्जा लगाएर घण्टै सम्म सक्रिय राख्नु हुदैन।
यसैले मास्क भन्दा सामाजिक दुरी र पन्जा भन्दा नियमति हात धुनुनै बढी प्रभाबकारी रहने छ।

Leave A Reply

Your email address will not be published.