सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङः बाधा परेर अध्यादेश ल्याइयो !

0

काठमाण्डौं – सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशबारे छलफल गर्न बसेको नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद सिर्जना भएको थियो ।

सोही विषयमा छलफल गर्न बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संवैधानिक परिषद्का काममा बाधा परेकाले अध्यादेश ल्याइएको ब्रिफिङ गरेका थिए ।प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार प्रधानमन्त्रीले संवैधानिक नियुक्ति रोकिएका कारण अध्यादेश ल्याइएको बताएका थिए ।

‘अहिले संबैधानिक निकायमा रिक्त भएकाले सबैधानिक अध्यादेश ल्याएको भन्ने कुरा आयो । अध्यादेश ल्याउनु ठूलो कुरा होइन भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने ।यी अध्यादेशबारे पार्टीमा वृहत छलफल हुने र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोबारे भने आफूलाई जानकारी नभएको बताए ।

स्रोतकाअनुसार सचिवालय बैठकमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र ईश्वर पोखरेल ओलीको समर्थनमा थिए भने अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र झलनाथ खनालले विपक्षमा मत राखेका थिए । बैठकमा नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले अध्यादेश जारी भइसकेको अवस्थामा त्यसको विरोध गर्नुको औचित्य नभएको भन्दै मध्यमार्गी धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.