सार्क राष्ट्रमा कोरोनाबाट ८१० जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्याे

0

काठमाण्डौं – विश्वभर महामारीकाे रुपमा फैलिएकाे कोराेना भाइरसको प्रकाेप सार्क राष्ट्रहरु (दक्षिण एशिया)मा पनि तीब्र गतिमा फैलिन थालेकाे छ ।

दक्षिण एशियाका आठ देशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८१० जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना संक्रमितको संख्या पनि तीब्र गतिमा फैलिएको छ ।

हालसम्म दक्षिण एशियाली राष्ट्रहरुमा २८ हजार १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

आठ देशमध्ये कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको भारतमा मात्रै अहिलेसम्म १६ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय २१ जनाको मृत्यु भइसकेको छ ।

भारतपछि पाकिस्तान सबैभन्दा बढी प्रभावित देखिएको छ । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ सय ५९ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ९ सय ९३ जनामा संक्रमण देखिएको छ ।

बंगलादेशमा हालसम्म कोरोनाबाट ९१ जनाको मृत्यु भएको छ भने २४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अफगानिस्तानमा अहिलेसम्म ९ सय ९३ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा पनि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने २ सय ५४ जनामा संक्रमण देखिएको छ ।

यसैगरी माल्दिभ्समा ३६, नेपालमा ३१ र भुटानमा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

Leave A Reply

Your email address will not be published.