कोरोनाले नेदरल्यान्डमा एक नेपाली महिलाको निधन

0

कोरोना भाईरसका कारण नेदरल्यान्डमा एक नेपाली महिलाको निधन भएको छ । म्याग्दी घर भएर नेदरल्यान्डमा बस्दै आएकी ४० बर्षिया लक्ष्मी भट्टचनको त्यहाको अस्पतालमा मृत्‍यु भएको छ ।

उनी दुई हप्ता देखि क्रोनिङ्गनको अस्पतालमा ऊपचार गराइ रहेको थिईन । एक छोरा र एक छोरीकी आमा लक्ष्मी श्रीमान सहित् नेदरल्यान्डको आमस्तर्डम नजिक बस्दै आएकी थिइन ।

सधैं सामाजिक काम हरुमा देखीई रहने हसमुख र मिलनसार समुदायको सदस्य गुमाउनु पर्दा मर्माहत भएको भन्दै गैर आबासिय नेपाली संघ नेदरल्यान्डका अध्यक्ष श्रीराम कंडेलले दु:ख ब्यक्त गर्नु भएको छ ।

लक्ष्मीको शब भोली क्रोनिङगनबाट आमस्तरडम ल्याउने र त्यहाको शबदाह गृहले दाहसन्स्कार समय तय गरेपछी अन्त्यष्ठी गरिने छ् ।

Leave A Reply

Your email address will not be published.