‘के हुँदैछ भन्ने डब्लुएचओलाई थाहा थियो, तर खुलासा नगर्दा क्षति पुग्यो’ : राष्ट्रपति ट्रम्प

0

कोरोनाका कारण विश्वभर १ लाख ३६ हजारको मृत्यु

काठमाण्डौं – विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमित सङ्ख्या २० लाख ६० हजार भन्दा धेरै रहेको छ भने एक लाख ३६ हजारभन्दा बढिले ज्यान गुमाएका छन् ।

जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार सबभन्दा ज्यादा कोरोनाको शिकार भएको अमेरिकामा ३० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने ६ लाख ३७ हजार ७ सय १६ व्यक्ति सङ्क्रमित हुन पुगेका छन् ।

यस क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनप्रति पुनः आक्रोश पोखेका छन् । ‘डब्लुएचओलाई सबै थाहा थियो कि के हुन गइरहेको छ, तर उसले चीनको पक्षमा काम गर्दा अमेरिकालाई यत्रो क्षति पुग्यो’ भन्ने उनको आरोप छ । सँगसँगै उनले यो दाबी गरेका छन् कि भाइरसका कारण उत्पन्न हुने सबभन्दा उच्च क्षतिको अवस्थाबाट अब अमेरिका पार भइसकेको छ । अमेरिकामा अब क्षतिको दर कम हुनेछ भन्ने उनको अभिव्यक्तिको आशय हो ।

उता इटलीमा मृतकको सङ्ख्या २१ हजारभन्दा बढि रहेको छ भने ६५ हजार भन्दा ज्यादा सङ्क्रमित रहेका छन् । यस्तै, स्पेनमा एक दिनमै पाँच हजार भन्दा धेरै व्यक्तिमा सङ्क्रमण फैलिएको बताइएको छ । पछिल्लो चरणमा त्यहाँ मृत्युदर घट्न थालेको बताइएको थियो ।

बेलायतमा मृतक सङ्ख्या १२ हजारभन्दा बढि र सङ्क्रमित ९९ हजारभन्दा धेरै पाइएको छ ।

यस्तै छिमेकी देश भारतमा मृतकको सङ्ख्या ४१४ पुगेको छ भने १२,३८० मा कोरोना भाइरसको सङ्क्रमण भएको तथ्याङ्क छ ।

Leave A Reply

Your email address will not be published.