जापान र कोरियाभन्दा भारतमा कोरोना संक्रमण डरलाग्दो

0

काठमाण्डौं – छिमेकी देश भारतमा कोरोना संक्रमण तिव्र गतिमा विस्तार भइरहेको छ । लकडाउनका बाबजुत दैनिक एक हजार भन्दा धेरैमा कोरोना संक्रमण हुने गरेको छ ।

पछिल्लो तथ्याङकअनुसार दक्षिण कोरिया तथा जापानमा भन्दा भारतमा संक्रमितको संख्या धेरै छ । जबकी जापान र कोरियामा सुरुमै संक्रमण फैलिएकोमा भारतमा धेरै पछि संक्रमण देखिएको छ ।

पछिल्लो तथ्याङकअनुसार भारतमा १२ हजार तीन सय ७० जनामा संक्रमण देखिएको छ । जहाँ ४ सय २२ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा संक्रमितको संख्या १० हजार ६ सय छ भने जापानमा आठ हजार ६ सय छ । जबकी ती देशमा लकडाउन छैन । तिव्र रुपमा परीक्षण र उपचार गरेर उनीहरुले संक्रमण नियन्त्रण गरेका छन् ।

कोरोनाको अत्याधिक संक्रमित देशको २० औं स्थानमा भारत पुगेको छ । जसबाट नेपालमा समेत खतरा बढीरहेको छ । खुला सीमा भएका कारण भारतबाट लुकिछिपी आउने क्रम रोकिएको छैन ।

Leave A Reply

Your email address will not be published.