बागलुङकी एक महिलामा कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ, थप परीक्षण गरिँदै

0

काठमाण्डौं – गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् ।

आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उच्च जोखिम मानीएका ५७ जना ब्याक्तीको द्रुत परीक्षणका क्रममा काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको काडेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

‘¥यापिड टेष्टका क्रममा शंकास्पद देखिएपछि महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ’ उनले भने । ‘थप परिक्षणका लागि अहिले प्राविधिकहरुले स्वाब निकाल्ने काम हुदै छ। स्वाब परिक्षणको रिपोर्ट आएपछि कोरोना भएनभएको थप प्रष्ट हुने छ ।’ उनले स्वाब निकाल्नका लागि बागलुङ चिकित्सक सहितको प्राविधिकहरु आउदै गरेको बताए ।

द्रुत परीक्षणमा शंकास्पद देखिएकी महिला केहि साता अघि मात्रै भारतको तिर्थयात्रा गएर फर्कीएकी थिइन् ।

पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। ‘महिलाका अन्य कुनै लक्षण देखिएको छैन’ तत्काललाई होम क्वारेन्टिन मै निगरानी गर्ने र्छौ’उनले भने । ‘अहिले नै कोरोना संक्रमित भन्न मिल्दैन।’ ‘थ्रोट स्वाव’ पछि मात्रा संक्रमण भए नभएको पुष्टि हुन्छ ।’

शंकास्पद देखिएकी महिला सहित उनका परिवार र सम्पर्ककमा भएकाहरुलाई क्वारेन्टिनमा राखीने छ ।
आईबार बागलुङ नगरपालिकामा ८, ढोरपाटन नगरपालिकामा ५०, काठेखोला गाउँपालिकामा ५७, ताराखोला गाउँपालिकामा २९, बरेङ गाउँपालिकामा ३५, जैमिनी नगरपालिकामा ८६ र गल्कोट नगरपालिकामा एक सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.