गेन्टमा बिक्रेतासँग झगडा गर्ने ब्रिद्ध पक्राउ / ब्रुसेलमा प्रहरीको गाडीको ठक्करबाट युबकको मृत्‍यु

0


बेल्जियमको गेन्ट शहरमा पसलमा किनमेल गर्न आएका एक ६५ बर्षीय ग्राहकले काउन्टरमा सामान बेचीरहेका कामदार सँग झगडा गरे पछी प्रहरीले उनलाई गिरप्तार गरेको छ । बेल्जियमको चेन सुपरमार्केट दल्हेजमा बेल्जियम सरकारले जारी गरेको कोरोना भाईरस नियन्त्रणका लागि पालन गर्नु पर्ने दुरी ति ब्रिद्धले उल्लंघन् गरे पछी भएको बिबादमा सम्झाउन खोज्दा उनले कासामा काम गर्ने युबकलाई थुकेका थिए । स्थानीय प्रहरीले उनलाई गिरप्तार गरी मुद्दा चलाएको छ।


बेल्जियमको राजधानी ब्रुसेलमा गस्तिमा रहेको प्रहरीको गाडीले ठक्कर दिदा एक १९ बर्षीय युबकको मृत्‍यु भएको छ । ती युवक लकडाउनमा बाहिर निस्किएका र पुलिसलाई देखेर स्कुटीमा भागेका थिए । पक्राउ गर्न पच्छाएको पुलिसको गाडीको ठक्करबाट युवकको मृत्यु भएको थियो । युबकको मृत्‍यु पछि त्यहाँ हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गर्नुको साथै हतियार पनि खोसेका थिए ।

स्थिती नियन्त्रणमा लिन ४५ जनालाई गिरप्तार गरिएको छ। पानीको फोहरा प्रयोग र दङ्गा पुलिसको प्रयोग गरी स्थितीलाई साम्य पारीएको थियो । लकडाउनको उकुस मुकुस ब्यहोरी रहेका स्थानीयबासी कुनै पनि बेला फेरी प्रदर्शनमा निस्कने आकलन गर्दै सुरक्षा कडा पारीएको स्थानीय प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.