कोरोनाविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन प्रधानमन्त्री ओली र मोदी सहमत

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् ।

शुक्रबार भएको दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । लकडाउनका कारण एक अर्काका मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्न प्रधानमन्त्री शर्मा ओली र प्रधानमन्त्री मोदी सहमत भएका छन् ।

‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं’, प्रधानमन्त्रीले भनेका छन् ।

त्यस्तै दुई देशबीच आपूर्ति सहज बनाउने विषयमा सहमति भएको र भारत सरकारले नेपाललाई दिने औषधि सहज रुपमा उपलब्ध गराउने भएको छ ।

‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ’, उनले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.