कोरोनाको कहर , के हुदैछ नेदरल्यान्द्समा !

0

द्रोण रिजाल नेदरल्यान्ड

चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाईरस संसारको बिभिन्न देशमा महामारिको रुपमा फैलिरहेको छ | एशियाको जापान,दछिण कोरिया ईरान हुँदै युरोपका बिभिन्न राष्ट्रहरु इटाली ,स्पेन ,फ्रान्स ,जर्मन ,बेल्जियम ,अस्ट्रिया ,पोर्चुगल हुँदै नेदरल्यान्डस सम्म यो भाईरसले माहामारीको रुप लिई सकेको छ | अहिले सम्म पनि नेदरल्यान्डसमा कोरोना भाईरसको सन्क्रमण फैलिन रोकिएको छैन | यस् भाईरसको त्रासदिको कारणबाट यहाँको जनजीवन थप कस्टकर हुदै गैरहेको छ |
अहिले सम्मको अवस्थामा कोरोना भाईरसको कारणबाट कुनैपनि नेपालीहरु संक्रमित हुनुपरेको अवस्था छैन | लगभग दुई हजारको हाराहारिमा नेपालीहरुको बसोबास रहेको नेदरल्यान्ड्समा केहीको आ-आफ्नो ब्यबसाय रहेको र ठुलो सन्ख्यामा रोजगारीको सिलसिलामा आफ्नो जिबिको पार्जन चलाईरहेका छन |


नेदरल्यान्डस अहिले अर्ध लकडाउनको अवस्थामा रहेको छ | मार्च ६ तरिखका दिन २३५ संक्रमित देखिएर २९ जना अस्पताल भर्ना भएको अवस्थामा १ जनाको मृत्‍यु भइ दिन प्रती दिन संक्रमित र मृत्‍युदर बड्दै गैरहेको अवस्थालाई मध्यनजर गर्दै मार्च १५ तारिखको क्याबिनेटको बैठकले अर्ध लकडाउन को निती अबलम्बन गर्दै सार्वजनिक स्थलहरु जस्तै रेस्टुरेन्ट , क्याफे ,होटेल ,स्विमिङ पुल स्पोर्टस हल , पसलहरु र स्कुलहरु बन्दगर्न निर्देशन दिएको थियो | लगत्तै डच सरकारले सोही अनुरुप निर्णय गर्दै सबै बन्द गर्नका लागि कडाइका साथ नियमहरु सार्वजनिक गर्‍यो |


मार्च २३ तरिख जुन १ तरिख सम्म लागु हुनेगरी थप कडा नियमहरु सार्वजनिक गर्दै सार्वजनिक स्थलमा ३ जना भन्दा बढी ब्यक्ती सँगै ग्रुपमा बस्न वा हिंड्न नपाउने ब्यबस्था गरी स्थानिय प्रशासनिक निकाय र प्रहरीलाई थप अधिकार दिएको थियो | सोही अनुरुप यदि कसैले नियम उलङ्घन गरेको पाएमा प्रती ब्यक्ती ४०० युरो र कम्पनी वा अन्य ब्यापारिक निकायले उलङ्घन गरेको पाइएमा ४००० युरो जरिवाना तोकिसकेको छ | तर परिवारका सदस्यमा भने सँगै हिंड्न पाउने गरि १।५ मिटरको दुरी रहनु पर्ने र खाध्यान्नका पसलहरु र सुपरमार्केटहरु खुल्ला रहने भन्दै दैनिक उपभोग्य सामानहरु खरिद गर्नका लागि सहजिकरण गरेको थियो |


अर्ध लकडाउन नितिनै नेदरल्यान्डस सरकारले किन अबलम्बन गरेको ?
विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको सन्क्रमणलाई नियन्त्रण गर्नका लागि पूर्ण लक डाउन मात्र बिकल्प नरहेको र अन्य बिकल्प पनि अनुसरण गर्न सकिने हुँदा नेदरल्यान्ड्स सरकारले अर्ध लकडाउनको अबधारणा अबलम्बन गरेको हो | विश्वकै उदहरणिय रुपमा चिनिने एउटा फ्रीडम देश नेदर्ल्यान्ड्स भए पनि स्वतन्त्रतालाई न्युनिकरण गर्दै घर भित्रै इसुलेशनमा बस्दा उनीहरुमा भाईइरसलाई पराजित गर्ने मानसिक र शारीरिक शक्ती अझ बढी हुनसक्ने सम्भावना रहने देखिन्छ |


यहाँँका डच नागरिकहरु राष्ट्र प्रति बफादार र इमान्दार भ्एकाले डच सरकारले लगाएको नियममा नागरिकहरु पूर्ण पालना गर्ने छन भन्नेमा सरकार विश्वास्त छ |
नेदरल्यान्ड्स एउटा ऐतिहासिक पर्यटकीय र ब्यबसायिक देश भएकाले अर्थतन्त्र बचाउन चाहन्छ जस्ले गर्दा जनतालाई धेरै सेवा र सुबिधा दिन सकियोस |


सरकार ग्रुप इम्मुनिटी सोलुसन चाहन्छ यसको मतलब सबै प्रकारका भाईइरससँग आँफै लडेर परास्त गर्न सकिन्छ र आफु सुरछित रहे अरु पनि सुरछित हुन्छन भन्ने धारणा सहित एक प्रकारको परिक्षण गर्न चाहन्छ जस्ले गर्दा बहुसन्ख्यक जनताले आफ्नै घरबाट कोरोना भाईरस पराजित गर्न सक्छ्न भन्ने विश्वासका साथ पूर्ण लकडाउन नगरिएको हो|


यो भाईरसको सन्क्रमणबाट बाँच्न र थप क्षति न्युनिकरण गर्नका लागी सरकारले लगाएको नियमबाट ब्यबसायी, कर्मचारी र नागरिकहरु प्रभाबित भएका छन |
नेदरल्यान्ड्स सरकारले क्षति न्युनिकरण गर्नकालागी नागरिकहरुका लागि राहतका प्याकेजहरु ल्याएको छ | त्यसमा सरकारले १० देखी २० बिलियन युरो खर्च हुनसक्ने अनुमान गरेकोछ |ब्यबसायिहरुले सरकारबाट राहतका लागि आ-आफ्ना एकाउन्टेन्ट मार्फत प्रकृया पुर्याइ लिन सक्नेछन भने कर्मचारीहरुले भने सम्बन्धित कम्पनी वा ब्यबसायी मार्फत लिन सक्नेछन |


ब्यबसायीहरुले पाउने राहत तथा सुबिधा को लागि आपत्कालिन राहत बापत मासिक ४००० युरो पाउनेछ्न भने RVO- ( Rijksdienst Voor Ondernemend Nederland) मा पहिले निबेदन दिनु पर्नेछ भने यदि कर्मचारी नभएका ब्यबसायीहरुले भने स्थानिय नगरपालिका बाट मासिक १०५० युरो राहत तथा सुबिधा पाउने छन |
कर्मचारीका लागि भने मार्च १ देखी जुन १ सम्म ७० देखी ९० % सम्म तलब सरकारले दिनेछ | यदी कम्पनिको टर्नओवर(Turnover) २० % ले मार्च देखी जुन १ सम्म घटेको हुनुपर्नेछ र यस का लागि UWV- (Uitvoeringsinstituut Werknemersverzekeringen) मा सम्पर्क गरी निबेदन दिनु पर्नेछ |


अहिले सम्म कोरोना भाईरसबाट कुनैपनी नेपाली सन्क्रमित भएको पाइएको छैन | नेदरल्यान्ड्समा रहेका नेपालीहरुको अवस्था र भैपरी आउने संकटकालीन अवस्थामा एनआरएन नेदरल्यान्ड्सले गर्न सक्ने भूमिकाको बिषयमा गम्भिर छलफल गर्दै विभिन्न समिति निर्माण गरेको छ |

बैठकले श्री फणिन्द्र पन्तको संयोजकत्वमा आकस्मिक स्वास्थ्य सम्बन्धि सहयोग. सम्पर्क .समन्वय र सहजीकरणका निम्ति स्वास्थ्य सम्बन्धि सहयोग समिति .श्री संघर्षशील के शीको संयोजकत्वमा आकस्मिक सम्पर्क. समन्वय र सहयोग समिति साथै यस विषम परिस्थितिमा नेदरल्यान्ड्स सरकारले बनाएका नीति .नियम र वित्तीय सहयोग अनि सुचना अध्यावधिक गर्दै ब्यबसाहिक र कामदारहरुलाई प्राबिधिक र प्रक्रियागत सहयोग गर्ने उदेश्यले श्री शशी पौडेलको संयोजकत्वमा ब्यापारिक परामर्श समिति र श्री संघर्षशील केशी को संयोजकत्वमा आर्थिक श्रोत परिचालन र वितरण समिति गठन गरेको छ|

साथै संघले यस विषम परिस्थितिमा नेपालमा नेपाल सरकारले लगाएको लकडाउन बाट दैनिक गुजारा चलाउन मुस्किल हुदैजाने समुदायहरुका लागि र कोरोना भाइरस बाट संक्रमितहरुको उपचारमा आवश्यक स्वास्थ्य उपकरणहरु खरिदमा केहि सहयोग पुगोस भन्ने उदेश्यका साथ एन आर एन केन्द्रको आकस्मिक कोष मा नेपाली रुपैया रु तिन लाख (२२८५ युरो ) पठाइसकेको र अरु सहयोग रकमहरु संकलन प्राप्त हुँदैगएको जानकारी प्राप्त भएको छ |

आज सम्म नेदर्ल्यान्ड्समा कोरोना भाईरस बाट संक्रमित १८८०३ जना ,अस्पतालमा भर्ना भएका ७१३५ जना ,र मृत्‍यु को सन्ख्या १८६७ जना मार्च ५ तारिख सम्मको अवस्था रहिको छ |अहिले सम्म नेदरल्यान्ड्समा कुनै पनि नेपालीहरु कोरोना भाईरस बाट सन्क्रमित नदेखिएको यस परिस्थितिमा एक नेपालीले अर्को नेपाली लाइ सहयोग गर्न र सचेत भै सजक रहन आग्रह गरिएको छ |

द्रोण रिजाल

Leave A Reply

Your email address will not be published.