बेल्जियममा एकजना नेपालीमा कोरोना भाईरस

0

करीब आठ हजार नेपालीहरुको बसोबास रहेको बेल्जियममा एकजनामा कोरोनाको सन्क्रमण देखिएको छ् । अन्य केही रुघा खोकी र ज्वरोको समस्या देखिए पछि पारिवारिक डाक्टरको निगरानीमा औषधी सेबन गरीरहेको जानकारीमा आएको छ् ।

सन्क्रमितको स्वास्थ्य स्थिती सामान्य रहेकोछ । उनलाई केही दिन इन्टेन्सिभ कियरमा राखेर उपचार् भैरहेकोमा स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएकोले साधारण वार्डमा राखिएको छ । सक्रमण पुस्टि भएका ब्यक्ती बेल्जियमको वेष्ट भ्लानदरेन क्षेत्रमा बसोबास गरी रहेका हुन । आसंका गरिएका अन्यको जाच चली रहेको छ ।


नेपाली राजदुताबास बेल्जियम र गैर आबासीय नेपाली संघ बेल्जियमले नेपाली समुदायलाई सरकार द्वारा जारी सुरक्षाका उपायहरु पालन गरी संयमित रहन कुनै पनि समस्या परेमा नेपाली दुताबास र एनआरएनए सँग संपर्क गर्न अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.