स्पेनमा कोरोना भाइरसले ज्यान गुमाउने १० हजार नाघ्यो

0

काठमाण्डौं – स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने १० हजार नाघेका छन् । अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार बिहीबार पनि स्पेनमा कम्तिमा ६ सय १६ जनाको मृत्यु भएको छ ।

६ हजारभन्दा बढी संक्रमित बढेका छन्। यहाँ संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ज्यान गुमाएका छन्। इटालीमा कम्तिमा १३ हजार एक सय ५५ जनाको मृत्यु भएको छ ।

यहाँ एक लाख १० हजार पाँच सय बढी संक्रमित छन् । इटालीको बिहीबारको मृतक संख्या सार्वजनिक भइसकेको छैन। अमेरिकामा २ लाख १५ हजार बढी संक्रमित छन् । यहाँ पाँच हजार एक सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ४९ हजार एक सय ६५ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ६१ हजार पाँच सय बढी भएको छ । यीमध्ये २ लाख ३ हजार निको भएका छन् ।

Leave A Reply

Your email address will not be published.