थप एक नेपालीमा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ६ पुग्यो

0

काठमाण्डौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । आज अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डा. देवकोटाकाअनुसार छैटौं संक्रमित व्यक्ति यही चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका थिए । संक्रमण देखिएको व्यक्ति उपत्यकाबाहिरको रहेको पनि उनले जानकारी दिए। अहिलेसम्म ११ सय ८४ जनाको कोरोनाको परीक्षण भएको छ ।

Leave A Reply

Your email address will not be published.