बिदेशमा रोकिएका नेपालीहरुलाई देश फर्काऊ

0

सुरेन्द्रनेपाल श्रेष्ठ , लन्डन ,

बिदेशमा अडकिएका नेपालीहरुलाई आफ्नो देश फर्काउने जिम्मेदारी सरकारको हो । सम्भावित रोग संक्रमणलाई ध्यानमा राखी अपनाउनु पर्ने सबै बिधि पुरा गरि छिटो भन्दा छिटो यो प्रक्रिया थालनी गर्नु पर्दछ।

अहिले बेलायतमा २५ भन्दा बढी संख्यामा नेपाली डाक्टरहरु एउटा परिक्षामा सरिक हुन् आएको बुझिन्छ । अनिश्चित समयको लागि उक्त परिक्षा स्थगित भएको छ । सबै जना नेपालमा काम गरि रहेकाहरु नै भएकोले अहिलेको विषम समयमा नेपालको लागि ती डाक्टरहरु झन् बढी आवाश्यक हुन् जान्छन ।

बेलायतमा ठुलो संख्यामा नेपाली बिद्यार्थीहरु पनि रहेका छन् । काम र पढाइ दुवै नभएको अबस्थामा यही बसीरहनु पनि उनिहरुका लागि त्यति सहज हुदैन, आफन्त भेट्न आएका ,घुम्न आएका ,सरकारी काममा आएकाहरु पनि होलान। यहा बस्दा आइ पर्ने अन्य स्वास्थ्य समस्यामा पनि सामान्य उपचार गर्न समेत न पाइने , परिबार संग ताढिएर बस्न पर्ने समस्या त् छदै छ अड्कलेर ल्याएको खर्च पनि सकिदै जानेछ ।

यी र यस्ता समस्याहरुबाट समयमा नै बाहिर आउँन सकिएन भने भोलि ठुलो मानसिक क्षति समेत ब्यहोर्न पर्ने हुन् सक्दछ। हामी लामो समय देखि यहा बसोबास गर्दै आएकाहरु समेत सहज परिस्थिती बने नेपाल नै जान पाए बेश बन्ने अवस्थामा पुगी सकेको बेलामा छोटो समयको लागि आएका नेपालीहरु लामो समय सम्म यहा बसी रहन सक्ने हुदैन । यो समस्या त्यति छिट्टै समाधान हुन्छ जस्तो पनि लाग्दैन । तसर्थ यो बिषयलाई छिटो भन्दा छिटो सम्बोधन गर्न पर्दछ ।


नेपालमा रहेका दिदेशीहरुलाई क्रमश सबै सरकारके फिर्ता लाने प्रक्रिया शुरु भैसकेको छ। आजै मात्र पनि जर्मनी र फ्रान्सका ३०५ नागरिकहरु बिशेष यानबाट नेपाल छाडेका छन्। बेलायत सरकारले पनि छिट्टै त्यसो गर्न आफ्ना नागरिकहरुको लागत संकलन गर्दै गरेको बुझिन्छ । यहि अबसरमा हामीले पनि सरकारी स्तरबाट बेलायत सरकार संग सहकार्य गरि बेलायतमा रहेका नेपालीहरुलाई पनि सकिन्छ भने त्यहि जहाजमा लान सकियो भने आथिक बोझ पनि कम हुन् जाने थियो ।


बेलायत अब युरोपियन युनियन अन्तर्गत न भएको कारण नेपालको जहाज सिधै बेलायत ल्याउन सक्ने सम्भाबना पनि छ । सम्बन्धित निकायमा कुटनीतिक सम्पर्क गरेर नेपाली ध्वजा बाहक जहाज ल्याउन सकियो भने पछि सहज बाताबरण भए पछि नियमित उडान गर्न पनि सजिलो हुने थियो ।अझ यसलाई प्रभावकारी बनाउन बेलायत सरकारलाई पनि सजिलो हुने गरि नेपालमा भएका बेलायती हरु बोकेर आउने र यहा बाट आफ्नो नागरिकहरु लिएर जान सकियो भने सुन माथि सुगन्ध नै हुनेथियो ।


यी माथिका दुवै उपायहरु भएन भने पनि नेपालमा नियमित चल्ने गरेको कुनै कम्पनीलाई बिशेष उडानको लागि प्रयोग गर्न सकिने छ । यो अबस्थामा आइ पर्ने आर्थिक भारलाई सम्बन्धित पक्षले पनि ब्यहोर्न तयार हुन् पर्ने छ । सरकार विभिन्न संस्थाहरु र सम्बन्धित पक्षले खर्च व्यहोर्ने हो भने जहाज चार्टर गर्न पनि त्यति असम्भब हुने छैन । १४८ यात्रु बोक्न सक्ने जहाजले प्रति व्यक्ति १७ सय पाउण्ड लिने प्रारम्भिक जानकारी प्राप्त भयको छ ।
अनिश्चित समय सम्म अनिर्णयको बन्दि भएर मानसिक क्षति ब्यहोर्नको बदला यो आर्थिक भार बोक्नु बढी बुद्धिमानी हुनेछ ।


यी मध्ये कुनै पनि विकल्प प्रयोग गर्न सर्ब प्रथम नेपाल सरकारको स्वीकृति प्राप्त गर्न जरुरि छ । अहिले नेपालमा देखा परेका दुइ बिरामी बाहिर बाट नै गएको पुष्टि भयको हुदा अतिनै जिम्मेदारी पुर्बक परिक्षण् गरेर मात्रै जान सकिने र नेपाल पुगी सके पछी पनि आबस्यक कडाईकासाथ जांच पड्ताल गर्ने वा आइशोलेशनमा नै बस्न पर्ने निर्णय गर्न पनि हिच किच्याउनु हुदैन । सम्भब भए सम्मका आफ्ना नागरिकहरु जो कम समयको लागि अन्य देशमा पुगेर फर्किन सकी रहेका छैनन ऊनीहरुको हकमा सरकारले उचित कदम चाल्नु अति आबश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.