भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु

0

काठमाण्डौं – चितवनकाे भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्जका ३० वर्षीय ती युवकको मंगलबार बिहान मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि उनलाई कोरोना भाइरसकाे स‌क्रमणको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोनाको संक्रमण भए-नभएको भने पुष्टि भएको छैन ।

जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । मृत्यु भएका युवकमा कोरोना संक्रमण भए नभएको रिपोर्ट प्राप्त भइनसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

‘व्यक्तिको मृत्यु भएको पक्कै हो, फरक किसिमले पनि हुन सक्छ, कोरोना भए नभएको पुष्टि भएको छैन’, ‘रिपोर्ट आउन बाँकी छ, अहिले नै भन्न सक्ने अवस्था छैन ।’ जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.