कोरोनाविरुद्ध जुध्न नेपाल सरकारलाई एनआरएनएको १ करोड रुपैयाँ सहयोग

0

काठमाण्डौं – कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरेको केन्द्रीय राहत कोषमा एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् ।

मन्त्रिपरिषदको आज (आइतबार) साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । अध्यक्ष पन्तले संघको निर्णय सार्वजनिक गर्दै फेशबुकमा लेखेका छन्,”संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति र त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा। बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।” त्यस्तै, संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको पन्तले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.