कोरोना प्रभाव: प्रधानमन्त्रीको देशबासीका नाममा सम्बोधनको तयारी

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरिएका छन् । कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सिंहदरबार वा बालुवाटार मध्य एक स्थानबाट सम्बोधन गर्ने तयारी भैरहेको जानकारी दिए । स्थान अहिलेसम्म निश्चित नभएको उनको भनाइ छ ।

देशबासीलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग पनि परामर्श गरेका थिए । कोरोना भाइरस संक्रमण रोक्न सरकारले स्वास्थ संकटकालको तयारी गरिरहेको सार्वजनिक भएकोले प्रधानमन्त्रीको सम्बोधनमा आज केही महत्त्वपूर्ण घोषणा हुनसक्ने सम्भावना रहेको जानकारहरूको भनाइ छ ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले यसअघि नै २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिइसकेको छ । त्यस्तै अन्तराष्ट्रिय आवत जावत बन्द गरिसके छ । त्यस्तै अदालत समेत दुई हप्ताका लागि बन्द गर्ने निर्णय पनि भै सकेको छ ।

Leave A Reply

Your email address will not be published.