रित्तिदैछ काठमाण्डौं

0

काठमाण्डौं – कोरोना भाइरसको जाखिमलाई दृष्टिगत गरी सरकारले शैक्षिक संघसंस्था बन्द गर्ने देखि अति जरुरी काममा बाहेक घरबाहिर ननिस्कन भनेपछि काठमाडौं उपत्यकामा प्रभाव पर्न थालेको छ  । उपत्यका बाहिरका मानिसहरु काठमाण्डौं छाडेर गाउँघर जान थालेका छन् ।

नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलंकीलगायत काठमाण्डौं उपत्यका बाहिर बस वा जीप सेवा सञ्चालन हुने स्थानहरुमा भीड बढेको छ । दैनिक लाखौं यात्री उपत्यका छाड्ने क्रम चलेको छ । यसबाट उपत्यकामा मानिसहरुको भीड कम भएको छ ।

सरकारले २५ जना भन्दा धेरै मानिसहरु एकै ठाउँमा भेला नहुन निर्देशन समेत दिएको । यसले व्यवसायमा समेत असर परेको छ ।सम्पुर्ण विद्यालय, कलेज, सिनेमा हल, जिम, बार र नाइटक्लब समेतलाई बन्द गर्न सरकारले निर्देशन दिएको थियो ।

चीनबाट फैलिएका कोरोना भाइरसले अहिले महामारीको रुप लिएको छ । विश्वलाई नै त्रसित बनाएको छ । कोरोना भाइरस अमेरिका, युरोप, अफ्रिकाका मुलुकहरुमा फैलिसकेको छ ।

नेपालमा संक्रमण देखा नपरेपनि जनचेतना र त्रासको भरमा सम्पुर्ण नागरिकहरु सावधानी अपनाउन गाउँ फर्किरहेका छन् । यो क्रम निरन्तर रुपमा बढ्ने अनुमान गरिएको छ । सरकारको निर्णय मानी नागरिकहरुले आफै उक्त संक्रमणमा सावधानी अपनाईरहेका छन् । सरकारले संक्रमण हुन नदिन भिडभाड हुने स्थानहरुमा रोक लगाएको छ । सचेतना अपनाउन विभिन्न स्थानमा हेल्प डेस्क राखिसकेको छ ।

हालसम्म उक्त संक्रमणबाट मृत्यु हुनेको सख्या १० हजार ४८ पुगेको छ । विश्वभर संक्रमितको सख्या २ लाख ४५ हजार ९ सय १३ पुगेका छन् भने ८८ हजार ४ सय ६५ जना उपचार पश्चात घर फर्किएका छन् । विश्वको १८१ देशमा यो भाइरस फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.