दिल्लीमा ५० भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध

0

काठमाण्डौं – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै दिल्लीमा एकै ठाउँमा ५० जनाभन्दा बढी उपस्थित हुन रोक लगाइएको छ । 

सोमबार मुख्यमन्त्री अरविन्द केजरीवालले सबै जिल्लाका अधिकारीहरुसँगको बैठक यस्तो घोषणा गरेका हुन् । कुनै धार्मिक, राजनीतिक वा सामाजिक प्रदर्शनमा पनि ५० भन्दा बढी उपस्थित हुन नसक्ने केजरीवालले बताए । 

त्यस्तै शाहीन बाग प्रदर्शनलाई लिएर सोधिएको प्रश्नमा केजारीवालले भने, ‘कुनै पनि किसिमको प्रदर्शनमा कहीँ पनि एकै ठाउँमा ५० भन्दा बढी मानिस उपस्थित हुन पाउँदैनन् ।’

ANI@ANI

Delhi CM Arvind Kejriwal: All gyms, night clubs, spas to be closed till March 31st. Any gathering with more than 50 persons excluding weddings will not be allowed. For weddings also, we request if they can be postponed then please do so.

View image on Twitter

8761:27 PM – Mar 16, 2020Twitter Ads info and privacy280 people are talking about this

यद्यपि मुख्यमन्त्री केजरीवालले विवाहका लागि भने छुट दिएको बताए । उनले सम्भव भए विवाहको मिति सार्न अपिल गरेका छन् । साथै भारतमा दिल्लीको सबै नाइट क्लब, फिल्म हल, जिम र स्पा पनि आउँदाे ३१ मार्चसम्म बन्द रहनेछन् । 

केजरीवालले कोरोनाको सङ्क्रमणबाट बच्न शहरका महत्त्वपूर्ण ठाउँहरुमा हात धुने व्यवस्था गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । भारतमा कोरोनाका कारण दुई जनाको ज्यान गइसकेको छ भने एक सय १० जनामा सङ्क्रमण देखिएको छ ।  

Leave A Reply

Your email address will not be published.