‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा नेता रावलको विद्यावारिधी

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधी गरेका छन् । पूर्व उपप्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधी गरेका हुन्।

रावलले राजनीतिशास्त्र अन्तर्गत ‘पोलिटिकल भ्वाइलेन्स् एण्ड द माओइस्ट् इन्सर्जेन्सी इन नेपाल’ विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो।

सोमबार (आज) रावलको शोध प्रबन्धको भाइबा थियो । रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए ।

अन्तर्राष्ट्रिय कानूनका जानकारसमेत रहेका नेता रावल पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विपक्षमा उभिएपछि झनै बढी चर्चामा आएका थिए । रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिकशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. मीना वैद्य रहेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.