मुख्यमन्त्रीहरूको रिपोर्टिङ र सार्क भिडियो कन्फरेन्सपछि विशेष घोषणाको तयारीमा सरकार

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आकस्मिक रुपमा काठमाडौं बोलाएका छन् । उनीहरुसँग कोरोना भाइरस को संक्रमणको रोकथाम गर्न प्रदेश सरकारले चालेको कदम र जोखिमबारे ब्रिफिङ लिने तयारी गरेका छन् ।

मुख्यमन्त्रीहरुसँगको परामर्शपछि प्रधानमन्त्री ओलीले आवश्यक तयारीका साथ विशेष निर्देशन दिने बुझिएको छ । आज सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फरेन्सपछि प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलन नदिन आवश्यक तयारीका लागि नीति बनाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिने बुझिएको छ ।

सोमबार मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ । बैठकले कोरोना भाइरसको जोखिम न्युनीनकरण र सम्भावित खतराको सामना गर्न आवश्यक तयारीबारे निर्णय समेत गर्ने भएको छ ।

यसअघि उपप्रधानमन्त्री इश्वर पोखरेलले सर्वदलीय बैठक डाकेर कोरोना भाइरसको जोखिमसँग जुध्न राष्ट्रिय सहमतिको माहोल तयार गरिसकेका छन् । रोगसँग जुध्न सिंगो देश एकजुट हुने सन्देश प्रवाह गर्ने गरी प्रधानमन्त्री ओलीले तयारी गर्न निर्देशन दिइसकेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.