हिमेश बने नेपालको पहिलो कमेडी च्याम्पियन

0

नेपालकै पहिलो स्ट्याड-अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा नेपालको पहिलो कमेदी च्याम्पियन धादिङका हिमेश पन्त बनेका छन ।

उपाधिको दौडमा रहेका टप तीन फाइनललिस्ट इटहरीका सुमन कोइराला, रोल्पाका खड्ग बहादुर पुन र धादिङका हिमेश पन्त थिए । दर्शकको भोटको आधारमा बिजेता छानिएको आयोजकले भनाई छ् । फाईनलमा कोइराला र पुनका समर्थकहरुले परिणाम् सोचे जस्तो नभए पछि नाराबाजी गरेका थिए ।


विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’ मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ॠचा शर्मा निर्णायक छन् । अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा लगायतको लगानी रहेको कार्यक्रमको होस्ट रिमाले गरिरहेकी छिन् ।


यसअघिको भोटको आधारमा रोल्पाका पुन सबैभन्दा अग्रस्थानमा रहेका थिए । तर अन्तिम परिणाम् भने हिमेशको पक्षमा गएको छ । उनले पच्चिस लाख नगद सहित् अन्य पुरुस्कार प्राप्त गरेका छन । कोरोना भाइरसका कारण सोको ग्राण्ड फिनाले सोचेजस्तो गर्न नसकिएको आयोजकले बताएका छन ।

Leave A Reply

Your email address will not be published.