कोरोनाले बेल्जियममा मृत्‍यु हुनेको संख्या चार र सन्क्रमितको संख्या ६८९ पुग्यो

0

विश्व भरी आतंक फैलाएको कोरोना भाईरसका कारण बेल्जियममा हाल सम्म चार जनाको म्र्त्यु भएको छ । बेल्जियमको आपतकालिन सेवाको पछील्लो जानकारी अनुसार बिगत चौबीस घण्टामा थपिएका १३३ जना नयाँ बिरामी सहित सन्क्रमित हुनेको संख्या ६८९ पुगेको छ । सन्क्रमित मध्य २४ जना आईसियु र २२ लाई भेन्तिलेटरमा राखिएको छ् । ब्रसेल्स, वालोनी र फ्लेमिश पार्टबाट थप् सिकायतहरु अाइरहेकोले थप् सकृयता बढाईएको छ ।

बिद्यालयहरु बन्द गरिएका छन । सार्वजनिक सवारी साधनहरुको सेवा घटाईएको छ , सार्वजनिक ठाउमा भिडभाड गर्न रोक लगाईएको छ् । बिभीन्न खेलका म्याचहरु र सँगितिक कार्यक्रमहरु, सभा र समारोहहरु रद्द गरिएको छ । सरकारी कार्यालयहरु, खाद्य पसलहरु, औषधी पसलहरु, र सेवाहरु खुल्ल्ला रहने छन । अस्पातलहरुले आपतकालिन सेवाको लागि तयारी हुनु पर्ने भएकोले नियमित हुने जाच र बिशेषज्ञ सेवा हाललाई स्थगित गरिएको छ ।

सर्बसाधारणलाई अति आबस्यक बाहेक अन्य भेट्घाट र संपर्क नगर्न स्वास्थ्य मन्त्रालय लगायत अन्य सरकारी निकायले अपिल गरेका छन ।

Leave A Reply

Your email address will not be published.