कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार कट्यो

0

युरोपमा स्थिति भयावह बन्दै

काठमाण्डौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच हजार कटेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मृत्यु हुनेको संख्या पाँच हजार ७७ पुगेको हो । शुक्रबार साँझसम्मको तथ्यांकअनुसार एक लाख ३६ हजार संक्रमित भेटिएका छन् ।

विश्वका १२३ देशमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । सबैभन्दा बढी चीनमा ८१ हजार संक्रमित भएका छन् । त्यसपछि इटालीमा १५ हजार र इरानमा ११ हजार संक्रमित भएका छन् ।

फ्रान्समा एकैदिन आठ सयजनालाई कोरोना भाइरसको संक्रमण भएको छ । इटालीमो अवस्था भयावह बनेपछि त्यहाँ ६ करोड जनसंख्यालाई घरबाट ननिस्कन र सावधानी अपनाउन भनिएको छ ।

संयुक्त राज्य अमेरिकामा एउटा राज्यबाहेक सबैमा भाइरसको संक्रमित देखिएका छन् । त्यहाँ २२ सय चारलाई संक्रमण भएकोमा ४९ को मृत्यु भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरिसकेका छन् ।

दक्षिण कोरियामा थप १०७ जना संक्रमित भएका छन् । योसँगै त्यहाँ संक्रमित संख्या आठ हजार कटेको छ ।

Leave A Reply

Your email address will not be published.