सभापतिमा उठ्दै छु : सुजाता कोइराला

0

विराटनगर, १ साउन । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले सीमाङ्कनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सीमाङ्कनकै कारण संविधान जारी गर्ने समय लम्ब्याउन नहुने धारणा राख्नु भयो ।
मुलुकमा सङ्घीयता नआउने विषयमा शङ्का नगर्न आश्वस्त पार्दै नेत्री कोइरालाले संविधानका कतिपय विषयमा आपूmहरुलाई पनि चित्त नबुझेको र आवश्यक परेको खण्डमा भविष्यमा संविधान संशोधन हुन सक्ने स्पष्ट पार्नुभयो ।
उहाँले आव ०७२-७३ को बजेटमा तनहुँस्थित गिरिजाप्रसाद कोइराला अस्पतालका लागि रकम नछुट्याइएकोमा अर्थमन्त्रीप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेसको महाधिवेशनमा सुशील कोइराला पुनः पार्टीको सभापति पदमा उठ्नुभएन भने आपू सभापति पदमा उठ्ने स्पष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.