मेरो पिआर प्रमाणित गरिदिनु सबै सम्पत्ति तपाईंलाई : डा. महत

0

काठमाडौं, श्रावण १ । अर्थमन्त्री डा. रामशरण महतले आफूसँग विदेशको स्थायी बसोबास अनुमतिपत्र ‘पीआर’ रहेको प्रमाण कसैले दिए ‘आफ्नो सम्पूर्ण सम्पत्ति उसलाई पुरस्कारस्वरुप दिने’ घोषणा गरेका छन् । हिजो बिहीबार बेलुका ट्वीट गर्दै अर्थमन्त्री डा. महतले लेखेका छन्,-‘मलाई पीआरधारीको आरोप लगाउनेलाई चुनौती छ, कुनै आधार–प्रमाण दिनुहोस्, मेरो सम्पूर्ण सम्पत्ति तपाईलाई पुरस्कार ।’
लगत्तै उनले अर्को ट्वीट गर्दै लेखेका छन्,-‘हिम्मत भए गलत प्रचार गरेबापत कानुन बमोजिम सजाय भोग्न तयार हुनुपर्‍यो ।’
सन्चारमन्त्री डा. मीनेन्द्र रिजाल र अर्थमन्त्री डा. महतसँग पनि पीआर रहेको चर्चा चलिरहँदा अर्थमन्त्रीले आफ्नो पीआरबारे कुनै प्रमाण दिनसक्नेलाई पुरस्कारको घोषणा गरेका हुन् । यसअघि, सन्चारमन्त्री डा. रिजालले पनि आफूसँग डीभी/पीआर नरहेको प्रष्ट पारेका थिए । हिजो बिहीबार व्यवस्थापिका–संसदको बैठकमा बोल्दै उनले आफू सम्पूर्ण रुपमा नेपाल र नेपाली जनताप्रति समर्पित रहेको जिकिर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.