गोकुल बाँस्कोटाबारे छानबिन गर्न लेखा समितिको निर्देशन

0

संसदको लेखा समितिले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदमा रहँदा सेक्युरिटी प्रिन्टर खरिदका बिषयमा कमिसनको अडियोबारे सत्यतथ्य छानबिन गर्न अख्तियर दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

जिटुजी मोडलबाट सरकारले सिधै सामान खरिद गर्ने विषय बढी विवादित भएकोले यसबारे अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र मुख्य सचिव लगायत जिम्मेबार पदाधिकारीसँग छलपफल गर्ने निर्णय पनि लेखा समितिको आजको बैठकले गरेको छ ।

यसअघि वाइडबडी खदिर गर्दा र अहिले सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामै ठूलो अनियमितता भएकोले त्यसबारे जिम्मेबार पक्षसँग छलफल आवश्यक रहेको समितिको भनाइ छ ।

त्यस्तै संसदको लेखा समितिले जिटुजी मोडेलबाट फ्रान्ससँग सेक्युरिटी प्रिन्टर खरिद गर्ने प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको बैठकले जिटुजी मोडेलबाट खरिद गर्दा लागत बढाएर ठूलो आर्थिक अनियमिताको चलखेल भएकोले उक्त प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो।

सरकारलाई सेक्युरिटी प्रिन्टर आवश्यक भए ग्लोबल टेण्डर (खुला प्रतिस्पर्धा)को प्रक्रिया अपनाउन पनि समितिले निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.