विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई एक साताको म्याद

0

काठमाण्डौं – परीक्षामा तोकिएभन्दा कम अंक आएपछि विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको छ ।

महानगरीय प्रहरी वृत बानेश्वरले जडिबुटीको जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई थप अनुसन्धानका लागि म्याद लिन अदालत लगेको थियो ।

प्रहरीले कर्माचार्यलाई शनिबार नियन्त्रणमा लिएको थियो । आइतबार र सोमबार सार्वजनिक विदा परेकाले उनलाई पक्राउ परेको तीन दिनपछि मात्र अदालत उपस्थित गराइएको हो ।

प्रहरीले बालबालिकासम्बन्धी ऐन लगाएर कर्माचार्यमाथि अदालतबाट म्याद लिएको छ ।

कर्माचार्यविरुद्ध बाल अधिकार राष्ट्रिय अभियान र जागृती एकेडेमीले आवश्यक कारबाहीका लागि निवेदन दिएको वृत्त प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.