‘कोरोना नियन्त्रण’ मा आएको सन्देश दिन इपिसेन्टर वुहानमा चिनियाँ राष्ट्रपति सी

0

चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना इपिसेन्टर चीनको हेबइ प्रान्तको वुहान पुगेका छन् । विश्वलाई चीनमा नोभेल कोरोना भाइरस अर्थात् कोभिड- १९ नियन्त्रणमा आएको सन्देश प्रवाह गर्न मंगलबार उनले वुहान भ्रमण गरेको बताइएको छ ।

चीनमा कोरोनाका सबभन्दा कम १९ नयाँ संक्रमित भेटिएको दिन मंगलबार राष्ट्रपति सी वुहान पुगेका हुन् ।


चीनमा हालसम्म ८० हजार ७५४ लाई कोरोनाको संक्रमण भएकोमा हालसम्म ३ हजार १३६ जनाको मृत्यु भइसकेको छ ।

कोरोना प्रकोप फैलिएपछिको वुहानमा राष्ट्रपति सीको पहिलो भ्रमण हो । चिनियाँ सञ्‍चारमाध्यमहरुमा अनुसार कोरोनाको महामारीको रोकथान र नियन्त्रणको अवस्थाबारे जानकारी लिन राष्ट्रपति सी वुहान पुगेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि हुबेइ प्रान्त ‘लकडाउन’ गरिएको छ । राष्ट्रपति सीले सेल्फ-क्‍वारेन्टाइनमा रहेका मानिसहरु भएको बस्तीको अवस्थाबारेसमेत जानकारी लिएका थिए ।

एक विश्लेषकलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “राष्ट्रपति सीको भ्रमणले चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको र प्रकोपपछिका काला दिनहरुको टाढिँदै गएको बलियो सन्देश विश्व समुदायमाझ प्रवाह गरेको छ ।”

राष्ट्रपति सीले १० दिनमा निर्माण गरिएको कोरोना संक्रमितको उपचार भइरहेको हउसेनसान अस्पतालको अवलोकन गरेका थिए । उनले अस्पताल अवलोकनका समयमा अस्पतालका सेवा सुविधा, विरामी र चिकित्सक तथा स्वास्थ्यकर्मीको अवस्था र वैज्ञानिक अनुसन्धानका विषयमा जानकारी लिएका थिए ।

राष्ट्रपति सी वुहान कति बस्छन् भन्‍ने खुलाइएको छ । रेनमिन विश्वविद्यालयका प्रोफेसर झाङ मिङले रोयटर्सलाई भने, “राष्ट्रपति सी त्यहाँ रहनु भनेको कोरोना संक्रमणविरुद्ध सफलता हात लाग्‍नु भन्‍ने हुन्छ । उनी त्यहाँ हुनुको अर्थ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले भाइरसविरुद्ध जित हात पारेको घोषणा गर्नसक्नेछन् ।”

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी वुहानमा रहनु भनेको कोरोनाको आपतकालबाट चिनियाँ जनतालाई राहत पाइरहेको र नियन्त्रणमा आइरहेको भन्‍ने ग्यारेन्टी गर्ने बताएका छन् । यो भनेको देशव्यापीरुपमा ‘हरियो’ संकेत हो ।

बीबीसी

Leave A Reply

Your email address will not be published.