एमसीसी पास गर्न भीम रावललाई मन्त्रीको अफर !

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर त्रिवि शिक्षण अस्पतालमा स्वास्थ उपचार गराइरहेका छन् । आगामी शुक्रबार सम्म प्रधानमन्त्री ओली डिस्चार्ज हुने सम्भावना छ ।

प्रधानमन्त्री ओली डिस्चार्ज हुनासाथ सत्तारूढ नेकपाको विवाद पनि पुनः पुरानै अवस्थामा फर्किने सम्भावना छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालय निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले अस्वीकार गरेसँगै सत्तारूढ नेकपा विवादको भुमरीमा फसेको छ ।

यस्तो परिदृश्यमा प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण का लागि अस्पताल भर्ना भएसँगै सत्तारूढ नेकपा भित्रको विवाद साम्य भएको जस्तो देखिएपनि प्रधानमन्त्री डिस्चार्ज भएसँगै नेकपा भित्रको विवाद पुनः बल्झिने कुरा स्वभाविक छ । यस्तोमा अल्पमतमा परेका ओलीले माधवकुमार नेपाल समूहका प्रभावशाली नेता भीम रावलाई मन्त्री बन्न प्रधानमन्त्री ओलीले नेता नेपाल मार्फत प्रस्ताव गरेका छन् ।

राजनीतिका चतुर खेलाडी मानिएका प्रधानमन्त्री ओलीले एमसीसीको विरोध गरिरहेका रावललाई मन्त्री बनाउने अफर गरेर एमसीसीको विरोधलाई मत्थर पार्दै एमसीसी पास गराउन माहोल बनाउन चाहान्छ्न भने अर्कोतिर पार्टी भित्र अल्पमतमा परेका ओली नेपाल समूहको सामिप्यता खोजिरहेको सन्दर्भमा रावललाई मन्त्री बनाए नेपाल समूहले आफूलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको आकलन छ ।

पार्टीभित्र विरोध गर्नेहरूलाई छानीछानी मन्त्री बनाएर पार्टीभित्रको विरोध र समीकरणलाई नै आफू अनुकुल बनाउन सक्ने ओलीले एमसीसी र सरकारको कार्यशैलीको खुलेर विरोध गर्ने रावललाई मन्त्री बनाएर प्रधानमन्त्री ओली एकसाथ तीन मोर्चामा सफलता हासिल गर्ने रणनीतिमा लागेका छन् ।

पहिलो एमसीसीको आक्रमक विरोध गरिरहेका रावललाई मन्त्री बनाउदाँ एमसीसी पारित गर्न माहोल बनाउन सहज हुन्छ भने अर्कोतिर सरकारको कार्यशैलीको खुलेर विरोध गर्ने रावललाई मन्त्री बनाउन सके सके सरकारको आलोचना स्वत कम हुने ओलीको बुझाइ छ । ओलीको तेस्रो रणनीति भनेको पार्टीभित्रको समीकरणमा अल्पमतमा परेका ओलीले रावललाई मन्त्री बनाएर पार्टीभित्रको समीकरण परिवर्तन गर्ने दाउमा रहेको बताइन्छ ।

रावल सहित अन्य दुई जनालाई आफ्नो समूहबाट मन्त्रीपरिषदमा सामेल गरे ओलीलाई सहायता गर्ने वचन वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई दिएको बताइन्छ । यसले पनि रावलको मन्त्री बन्ने सम्भावना बढेर गएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.