प्रधानमन्त्री ओलीको स्वास्थ सामन्य बन्दै, यसैसाता भित्र डिस्चार्ज हुने

0

काठमाण्डौं – दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्था सामन्य बन्दै गै रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. प्रेम कृष्ण खड्काले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ अवस्था र सुचक सामन्य रहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पतालले निकालेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको र नियमित डिँहडुल गराउन थालिएको जनाइएको छ । यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हुदै गएपनि अझै केही दिन अस्पतालमै रहने उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओली यसै साताभित्र अस्पतालबाट डिस्चार्ज हुनेछन् ।

Leave A Reply

Your email address will not be published.