क्रिकेट ब्याट भाँचेको निहुँमा महिलामाथि तेजाब प्रहार

0

काठमाण्डौं – कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए ।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण बरईले तेजाब प्रहार गरेको बताइएको छ ।

बरईले क्रिकेट ब्याट भाँचेपछि ब्याटको पैसा तिर्नुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रीमा राख्ने तेजाब फालेका थिए । बरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले बरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ । राससका अनुसार तेजाब प्रहार गर्ने बरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

Leave A Reply

Your email address will not be published.