नेपाल पत्रकार महासङ्घ बेल्जियम र पोर्चुगल शाखा स्वीकृत

0

काठमाण्डौं – नेपाल पत्रकार महासंघले युरोपका दुई देशहरु बस्ने नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ बेल्जियम र पोर्तुगललाई बैदेशिक शाखाको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ महासङ्घ शाखाका लागि केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा पोर्चुगलको राजधानी लिस्बनमा गत वर्ष २०१९ जुन २० मा र बेल्जियम जुन २४ २०१९ मा भएका भेलाले शाखाका लागि माग गरेको थिए ।
पोर्चुगलका नेपाली पत्रकारको भेलाले तदर्थ समितिका संयोजकमा योगेन्द्रमिलन छन्त्याल, सहसंयोजकमा राजकुमार थापा, प्रवक्तामा पेम्बागेलु शेर्पा तथा सदस्यमा भगवान् गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा एवं सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याललाई चयन गर्दै केन्द्रलाई सिफारिस गरेको थियो ।

त्यसै गरी बेल्जियमका पत्रकारको भेलाले चारदिशा डटकमका प्रधानसम्पादक ओम शर्माको संयोजकत्वमा शेरबहादुर छन्त्याल सचिब, निलम घिमिरे सापकोटा कोषाध्यक्ष र सदस्यहरुमा डिल्लीराम अम्माई, तेजबहादुर नेपाली र सन्तोष न्यौपानेको कार्यसमितीको चयन् गरेको थियो । अन्य सदस्यहरू पञ्चम अधिकारी, साइमन आले, विजय गुरुङ, ईन्दिरा चाम्लिङ राई, महेश थापा, राजेन्द्र रसाइली, रामहरि खकुरेल र सुदर्शन सिम्खडा रहेका छन् । ।

यही फागुन ११ गते तदर्थ समितिहरुलाई स्वीकृत गर्दै महासङ्घ महासचिव रमेश विष्टले केन्द्रको समन्वयमा शाखाको अधिवेशन गर्न र संस्थागत गतिबिधी अगाडि बढाउन पत्राचारमार्फत अनुरोध गरेका छन् ।

नेपाली कार्यक्रम स्थगित

कोरोना भाइरस कारण पोर्चुगलका नेपाली समुदायले पूर्वघोषित कार्यक्रम स्थगन गरेका छन् । नेपाल सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

पोर्चुगलमा हालसम्म १३ जनालाई कोरोनाको सङ्क्रमण भएको जनाइएको छ । कुरी काब्राल अस्पताल लिस्बनका चिकित्सक क्यारोलिना कोस्टाले सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा जस्तो कोरोना महामारीबाट भयभीत हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारेका छन् ।

बेल्जियमको नेपाली समुदायले पनि अन्तरराष्ट्रिय नारीदिवस लगायतका पूर्व घोसित कार्यक्रमहरु रद्द गरेका छन

Leave A Reply

Your email address will not be published.