पारस फेरि धर्मकर्ममा

0

काठमाण्डौं – पूर्व युवराज पारस शाह फेरि धर्मकर्ममा फर्किएका छन् । उनी हिजोमात्र लामाटारमा आयोजना भइरहेको महापुराणमा सहभागी भए ।

पारस भीमेश्वर महादेव वैभव धाम निर्माणकार्यका लागि आयोजित शिव महापुराणमा सहभागी भएका हुन् । उनले महापुराणमा कथा सुनेर प्रसाद समेत लिएका थिए । शिव महापुराण आज सम्पन्न हुँदैछ । १२ फागुनबाट महापुराण गरिएको हो ।

पछिल्लो समय विवादास्पद कार्यका कारण चर्चामा आएका उनी फेरि धार्मिक कार्यमा देखिन थालेका हुन् । योगी बनेका प्रवञ्जनबहादुर सिंह पनि पारससँगै पुगेका थिए । दुवै पुराना मित्र हुन् । पूर्व आइजीपी हेमबादुर शाहका छोरा प्रवञ्जन बग्रबेदनाथले चिनिन्छन् । 

Leave A Reply

Your email address will not be published.